काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य बढेको छ। आइतबार र सोमबार एकै मूल्यमा कारोबार भएर मंगलबार र बुधबार बढेको सुनको मूल्य साताको पाँचौ दिन पनि बढेको हो।
नेपाल सुन चाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार नेपाली बजारमा आज छापावाला सुनको मूल्य तोलामा २ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन १ लाख ३ हजार १ सय रुपैंयाँमा कारोबार भइरहेको छ। छापावाला सुन आइतबार र सोमबार १ लाख १ हजार ७ सय रुपैंयाँ, मंगलबार १ लाख १ हजार ६ सय रुपैंयाँ र बुधबार १ लाख २ हजार ९ सौ रुपैंयाँमा कारोबार भएको थियो।
त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा २ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला १ लाख २ हजार ६ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। यस अगाडी तेजाबी सुनको मूल्य आइतबार र सोमबार १ लाख १ हजार २ सय, मंगलबार १ लाख २ हजार १ सय र बुधबार १ लाख २ हजार ४ सय रुपैंयाँ थियो।
सुन झन्डै १० महिनाको महँगो
पछिल्लो वृद्धि सँगै सुन यस वर्षकै महँगो भएको छ। आज कायम भएको सुनको मूल्य गत फागुन अन्तिमपछिकै महँगो रहेको महासंघले जनाएको छ। महासंघका अनुसार आज कायम भएको सुनको मूल्य फागुन २५ गते यताकै कम हो।
त्यस दिन छापावाला सुन १ लाख ५ हजार ५ सय र तेजाबी सुन १ लाख ५ हजार रुपैंयाँमा कारोबार भएको थियो। दिनको कुरा गर्ने हो भने आज कायम भएको सुनको मूल्य ३ सय २ दिनकै उच्च रहेको छ।
चाँदीको मूल्य
नेपाली बजारमा आज सुनको मूल्य बढेपनि चाँदीको मूल्य भने घटेको छ। चाँदीको मूल्य तोलामा रु १५ ले घटेको महासंघले जनाएको छ। आज चाँदी १ हजार ३ सय ८५ रुपैंयाँमा कारोबार भइरहेको छ।