राष्ट्रपतिमा ह्याट्रिक गर्ने दाउमा विद्या भण्डारी, सुरु गरिन् लविङ !

काठमाडौँ – वर्तमान राष्ट्रपति विद्या भण्डारीलेपनि फेरि राष्ट्रपति हुनका लागि भित्रि लविङ शुरु गरेकी छन् । तर उनलाई पार्टी भित्रैबाट राष्ट्रपति फेरि हुन नमिल्ने भन्र्दै उनीविरुद्ध अडान लिएका छन् ।स्रोतका अनुसार नेपालको संविधानले राष्ट्रपति उपराष्ट्रपति लगातर तेस्रो कार्यकाल हुन नपाउने ब्यबस्था गरेको छ । यो समाचार सौर्य दैनिकमा प्रकाशित छ।

तर अहिलेको उनको कार्यकाल पहिलो की दोस्रो भन्नेमा पार्टी भित्र समेत छलफलको बिषय बनेको छ । उनको यस भन्दा अघिल्लो कार्यकाल नेपालको अन्तरिम संविधान अनुसार भएकोले नयाँं संविधान जारी भएपछि अहिले उनले पहिलो कार्यकाल बिताएको दावी भण्डारी पक्षले गरेका छन् । उनीहरुका अनुसार अव निर्वाचित हुँदा उनको कार्यकाल लगातार दोस्रो हुने सो पक्षको दाबी छ। तर धेरैले अव उनी राष्ट्रपति हुनका लागि संवैधानिक अड्चन रहेको जनाइएको छ ।

भण्डारीको कार्यकाल समेत संवैधानिक हिसाबमा विवादमुक्त रहेन । त्यसैले सत्तामा रहेका अन्य घटक समेत यो रिस्क मोल्न तयार देखिदैनन् । भण्डारीको कार्यकाल विवादै विवादमा परेकोले उनलाई राष्ट्रपतिको उम्मेदवार बनाएर आफहरुलाई र्नैतिक संकटमा नपार्न आग्रह गरेका छन् ।

कतिपय एमाले नेताहरुले एकीकृत नेकपा समाजवादीसंग पार्टी एकता गरेर एमालेलाई संसदमा सबैभन्दा ठुलो पार्टी बनाउन सुझाव समेत दिएका छन् । यस बिषयमा औपचारिक अनौपचारिक छलफल भएपनि तिनले गति लिएका छैनन् । संसदमा ७८ सिट भएको एमाले र नेकपा एकीकृत समाजावदीबीच एकीकरण भएमा एमाले संसदमा ठुलो पार्टीै बन्न सक्ने अनुमान गरेका छन् । उनीहरुले नेकपा एकीकृत समाजबादीका अध्यक्ष माधव नेपाललाई राष्ट्रपति बनाएर अगाडि बढ्नपनि सुझाव दिएका छन् । नेपाललाई राष्ट्रपति बनाउने प्रस्ताव समेत एमालेमा बहस चलेको छ। यद्यपी नेपालले भने यस बिषयमा औपचारिक धारणा सार्बजनिक गरेका छैनन् ।

नेकपा एकीकृत समाजवादी पार्टीले प्रचण्ड प्रधानमन्त्री नियुक्त हुँदा समर्थन गरेको छैन । तर, विश्वासको मत दिन आग्रह गर्दै प्रचण्डले सरकारमा सहभागी हुन आग्रह गर्दै आएका छन् । प्रचण्डले संसदमा आगामी पुस २६ गते विश्वासको मत लिने तय भएको छ । यसैबीच आजै आयोजित एक कार्यक्रममा नेपालले आफूले प्रचण्डको मुख हेरेर मात्रै नहुने भन्दै सरकारलाई समर्थन गर्ने नगर्नेबारे २६ गते नै निर्णय लिइने बताएका थिए ।

यसैबीच प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधव कुमार नेपालबीच भेटवार्ता भएको छ । बुधबार प्रचण्ड र नेपालबीच सिंहदरबारमा भेटवार्ता भएको हो । भेटका क्रममा प्रचण्डले नेपाललाई सरकारमा सहभागी हुन आग्रह गरेको बताइएको छ । यस्तै वाम एकतालगायतका विषयमा पनि छलफल भएको प्रचण्डको सचिवालयले जनाएको छ । यद्यपी राष्ट्रपति लगायत पद बाँफाँटका बिषयमा भने कुनै छलफल नभएको बताइएको छ।

नेकपा (एमाले) अध्यक्ष केपी ओलीले यस बिषयमा मंगबलबार केही नेताहरुसंग समेत छलफल गरेका छन् । उनले राष्ट्रपतिमा चर्चामा आएका एमाले नेता सुवासचन्द्र नेम्वाङ र वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलसंग अलग अलग भेट गरेका छन् । स्रोतका अनुसार राष्ट्रपति बन्न दुबै नेता ईच्छुक रहेको बताइएको छ ।

प्रकाशित : बिहिबार, पुष २१, २०७९१०:१२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

उपरथी शाहीको घरमा खानतलासी !