नवाजुद्दिनको बोल्ड घोषणा, सुन्ने सबै छक्क !

मुम्बई, बलिउडमा प्रतिभावान कलाकारको नाम लिँदा अभिनेता नवाजुद्दिन सिद्दीकी छुट्दैनन् । सानोतिनो सहायक चरित्रबाट फिल्मी करियर सुरुवात गरेका उनले हलिउड फिल्म ‘लक्ष्मण लोपेज’मा देखिँदैछन् । उनले हलिउड फिल्ममा सानो भूमिका कहिल्यै नगर्ने खुलाएका छन् ।

‘मैले उद्योगमा कयौं सानो भूमिका निभाएको छु । मैले आफ्नो मिहेनत र लगनले यो सफलता पाएको छु । आजको समयमा यदी कोही विदेशी फिल्म मलाई सानो भूमिकाका लागि प्रस्ताव गर्छन् भने म त्यसमा काम गर्दिनँ । चाहे निर्माताले मलाई २५ करोड रुपैयाँ नै दिए पनि म त्यो सानो भूमिका गर्दिनँ । मलाई लाग्छ आफ्नो कामलाई राम्रो बनाउनुपर्छ । यदी तपाईं राम्रो काम गर्नुहुन्छ भने अवसर तपाईंलाई खोज्दै आउनेछ’, नवाजुद्दिन भन्छन् ।

‘लक्ष्मण लोपेज’को निर्देशन प्रख्यात निर्देशक रिबर्टो जिराल्टले गर्दैछन् । नवाजुद्दिन फिल्म ‘हड्डी’मा देखिँदैछन् । जसमा उनले एक किन्नरको भूमिका निर्वाह गरेका छन् ।

प्रकाशित : मङ्गलबार, पुष १९, २०७९१९:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साउथमा यी स्टार कुनै समयमा थिए सँगै, तर भयो ब्रेक अप !