ज्योतिषशास्त्रमा बुधको उदाउने र अस्ताउने घटनालाई महत्त्वपूर्ण मानिन्छ। बुध ग्रहलाई धन, बुद्धि र व्यापारको कारक मानिन्छ। बुध २ जनवरी, २०२३ मा साँझ ६:४२ मा अस्त भएको छ। १० दिनको लागि अस्त भएपछि जनवरी १२ मा बुध उदित हुनेछ। ज्योतिषशास्त्रमा बुध अस्ताउनु शुभ मानिएको छैन। बुध ग्रह अस्ताउँदा कुन राशिलाई हानि पुर्याउन सक्छ जान्नुहोस्-
सिंह राशि

बुध ग्रह अस्त भएको कारण सिंह राशिका व्यक्तिहरुलाई समस्या आउन सक्छ। आर्थिक संकटको सामना गर्नु पर्नेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। शेयर बजारमा पैसा लगानी नगर्नुहोस्। यदि तपाईंले लगानी गर्ने मन बनाउनुभएको छ भने, पहिले राम्ररी सोच्नुहोस्।
कन्या राशि

कन्या राशिको चौथो घरमा बुध ग्रह बसेको छ। कन्या राशि भएका व्यक्तिहरूलाई यस अवधिमा सावधान रहन आवश्यक रहेको छ। यो अवधिमा आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोस्। कामदारले समस्या भोग्नु पर्नेछ। व्यापारीहरूले कम नाफा कमाउने अपेक्षा गरिएको छ।
तुला राशि

ज्योतिषशास्त्रका अनुसार बुध ग्रह तुला राशिको तेस्रो घरमा बसेको छ। बुधको अस्ताउने समयमा तुला राशिका व्यक्तिहरूले धनको मामिलामा सजग रहनु आवश्यक छ। परिवारका सदस्यहरूबीच मनमुटाव हुन सक्छ। अत्यधिक खर्चले मन खिन्न हुनेछ।
