आउँदो शुक्रबार रहेको छ यस्तो शुभ दिन, यस्ता सरल उपायले दूर हुनेछ हरेक आर्थिक समस्या !

२०२३ सालको सुरुवात निकै शुभ योगमा भएको छ। पौष पुत्रद एकादशी वा वैकुण्ठ एकादशी वर्षको प्रारम्भमा नै मनाउनु निकै शुभ मानिन्छ। अहिले पौष पूर्णिमा जनवरीको पहिलो साता परेको छ। यस्तो अवस्थामा जनवरी महिनामा लक्ष्मी माताको कृपा प्राप्त हुने विशेष संयोग बनिरहेको छ। विशेष कुरा के छ भने ०६ जनवरी २०२३ शुक्रबार पौष पूर्णिमा हो। शुक्रबारलाई माता लक्ष्मीको लागि समर्पित मानिन्छ। यस्तो अवस्थामा पौष पूर्णिमाको महत्व कयौं गुणा बढेको छ। शुक्रबार पर्ने पौष पूर्णिमाका दिन धन प्राप्ति गर्ने उपायहरु जान्नुहोस्-

१. धन सम्बन्धि समस्याबाट छुटकारा पाउन र धनी बन्न पौष पूर्णिमाको शुभ दिन माता लक्ष्मीलाई खीर चढाउनुपर्छ। माता लक्ष्मीलाई खीर असाध्यै मन पर्छ।

२. यस शुभ दिनमा माता लक्ष्मीलाई प्रसन्न पार्न अष्टलक्ष्मी स्तोत्रको पाठ गर्नुपर्छ। यो पाठ गर्नाले घरमा सुख-समृद्धि आउँछ। तपाईं दैनिक अष्टलक्ष्मी स्तोत्र पनि पाठ गर्न सक्नुहुन्छ।

३. धन लाभको लागि पौष पूर्णिमाको दिन ११ कौडामा बेसार लगाई माता लक्ष्मीलाई अर्पण गर्नुहोस्। अर्को दिन यसलाई रातो कपडामा बाँधेर धनको स्थानमा राख्नुहोस्। प्रत्येक पूर्णिमामा यी कौडाको पूजा गर्नुहोस्। यसो गर्नाले घरमा धन आर्जन हुने जनविश्वास रहेको छ।

४. पूर्णिमाको दिन पीपलको रूखलाई जल चढाउनुहोस्। मिठाई अर्पण गर्नुहोस्। यसो गर्नाले दाम्पत्य जीवन र घरमा सुख-समृद्धि आउने विश्वास गरिन्छ।

प्रकाशित : मङ्गलबार, पुष १९, २०७९१२:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

माघे संक्रान्तिको दिन शत्रुको ग्रहमा प्रवेश गर्दै सूर्यदेव: यी ४ राशिको चम्किनेछ भाग्य !