काठमाडौँ : – बुध ग्रहलाई नौ ग्रहहरूमा राजकुमारको दर्जा प्राप्त छ। बुधको कृपाले व्यक्तिलाई उच्च पद र व्यापारमा लाभ हुनुका साथै बुद्धि पनि प्राप्त हुन्छ। बुध ग्रहको उदय, राशि परिवर्तन र अस्तको प्रभाव सबै १२ वटै राशिहरुमा पर्छ। ज्योतिष शास्त्रका अनुसार हरेक ग्रह एक निश्चित अवधिमा एक राशिबाट अर्को राशिमा प्रवेश गर्दछ। ग्रह समय-समयमा अस्ताउनुका साथ उदित पनि हुन्छन्। जब कुनै ग्रह सूर्यको नजिक पुग्छ तब त्यो ग्रह अस्ताउँछ। बुध ग्रह पुष १६ गते शनिबार(३१ डिसेम्बर सन् २०२२) अस्ताएको थियो। बुध लगभग १२ दिनसम्म अस्त रहनेछ। व्यापार, बुद्धि र तर्कको कारक बुधदेव पौष २८ गते बिहिबार(१२ जनवरी सन् २०२३) उदाउँदैछ। बुधको अस्त र उदितले केही राशिलाई लाभ मिल्नेछ। बुध ग्रहले कुन राशिलाई फाइदा गर्छ जान्नुहोस्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

नयाँ वर्ष सन् २०२३ को पहिलो महिनामा बुध ग्रह उदाउँदा तुला राशिका जातकलाई भरपूर लाभ हुनेछ। यस समयावधिमा साहस र पराक्रममा वृद्धि हुनेछ। तपाई जुन काममा हात हाल्नुहुन्छ ती काममा सफलता हासिल गर्नुहुनेछ। शत्रुहरुले हाबी हुने प्रयास गर्नेछन् तर उनीहरुले केही पनि हानि गर्न सक्ने छैनन्। करियरको दृष्टिले यो समय अनुकूल रहनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –

सिंह राशिका लागि बुधको उदय लाभदायी रहनेछ। यस अवधिमा आर्थिक क्षेत्रमा लाभ मिल्नेछ। यात्राको सम्भावना रहेको छ। सन्तान सुख प्राप्त हुन् सक्छ। दाजुभाई तथा दिदीबहिनीको सहयोग प्राप्त हुनेछ। पारिवारिक समस्याको अन्त्य हुनेछ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –

बुध ग्रहको उदयले धनु राशिका व्यक्तिहरूलाई शुभ फल दिनेछ। यस अवधिमा तपाईको व्यवसायले गति लिन सक्छ। कार्यस्थलमा तपाईको कामको प्रशंसा हुनेछ। मान-सम्मानमा वृद्धि हुनसक्छ। साझेदारी कार्यमा लाभ मिल्नेछ। अविवाहितका लागि विवाहको प्रस्ताव आउन सक्छ।
