हरेक दिन ग्रह-नक्षत्रको स्थितिमा हुने परिवर्तनको कारण केही राशिलाई शुभ हुनेछ भने केही राशिलाई अशुभ हुनेछ। जब ग्रह-नक्षत्रको स्थितिमा परिवर्तन आउँछ त्यसको प्रत्यक्ष प्रभाव १२ राशिमा पर्ने गर्दछ। जान्नुहोस् यस साता कुन राशिलाई शुभ हुनेछ?
साताको राशिफल : – पुुस १६ देखि २२ गतेसम्म
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –

साताको सुरुमा धेरै मनोविनोद गरिएला। साथीसँग भेटघाट हुने र भोजभतेरको कार्यक्रम चल्ला तर ती मित्रबाट खास सहयोग हुने छैन । सोमबार बेलुकीदेखि केही लाभ हुन थाल्ला र सप्ताहको अन्त्यतिर कुनै महत्वपूर्ण काम बन्न सक्छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –

राम्रै खालको साता छ । असल काम गर्नतिर मनको प्रवृित्त जाला भने गरेका काम बन्ने पनि छन् । मद्दत दिने केही मित्र पनि भेट्टाउनु हुनेछ । परिवारसँगको सम्बन्ध राम्रै रहला । सानातिना विवाद परे पनि आत्तिनुपर्ने स्थिति छैन । पढाइमा प्रगति होला ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –

मध्यम खालको साता छ । केही काम बन्लान् भने केही बाँकी रहनेछन् । प्राविधिक खाले काममा विशेष उपलब्धि हुनेछ । परिवार एवं मित्रले राम्रै सहयोग दिनेछन् । विवाहसम्बन्धी कुरामा समेत उज्यालो पक्ष देखा पर्छ । पढाइमा मध्यम छ ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –

साताको सुरुका दिन निकै काम बन्नेछन् । व्यापारसम्बन्धी काममा सोचेको भन्दा बढी लाभ गर्न सक्नुहुनेछ । मङ्गलबार भने ठूलो रकमको लेनदेन नगर्नुहोस् । बुधबार र बिहीबार मात्रै राम्रा छन् । विद्यार्थी वर्गका लागि साता सफलतादायक देखिन्छ ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

सातालाई राम्रो रूपमा लिन सकिन्छ । सोचेको भन्दा बढी लाभ गर्नुहुनेछ । कोरा व्यापारभन्दा प्राविधिक खाले कामले राम्रो फाइदा दिनेछ । परिवार र मित्रबाट राम्रो सहयोग पाइएला । नोकरीतिर भने बखेडा आउन सक्छ । शनिश्चरको सेवा गरिरहनुहोस्।
