यी हुन् सन् २०२३ को भाग्यशाली राशिहरु, हुनेछ माता लक्ष्मीको कृपा दृष्टि

अहिले सन् २०२३ चलिरहेको छ। सन् २०२३ मा उनीहरुको जीवन कस्तो रहनेछ भन्ने जान्न धेरै मानिसहरु उत्सुक छन्। ज्योतिष शास्त्रका अनुसार सन् २०२३ मा बृहस्पति र शनि जस्ता प्रमुख ग्रहहरू गोचर हुँदै छन्। यसले सबै १२ राशिलाई प्रभाव पार्नेछ तर ३ राशि यस्ता छन्, जसलाई यस अवधिमा मनग्गे धन लाभ हुनेछ र समाजमा मान सम्मान मिल्नेछ। यस्तो अवस्थामा सन् २०२३ यी तीन राशिका लागि भाग्यशाली साबित हुने भन्न सकिन्छ। जानुहोस् कुन-कुन राशि हुन्?

धनु राशि

धनु राशि हुनेहरूका लागि नयाँ वर्षको सुरुवात निकै रमाइलो हुने छ। जनवरी १७ देखि शनिको गोचर भएकाले यस राशिका मानिसले शनिको साढे सातिबाट मुक्ति पाउनेछन् । यसपछि सबै रोकिएका कामहरू हुन थाल्छन् । धन लाभका कारण आर्थिक अवस्था सुदृढ हुनेछ। व्यवसायीका लागि पनि यो वर्ष निकै राम्रो रहनेछ। यस अवधिमा पैतृक सम्पत्ति प्राप्त हुने सम्भावना पनि बढेको छ।

मकर राशि

नयाँ वर्षमा शनि मकर राशिको दोस्रो घरमा प्रवेश गर्नेछ। योसँगै देवगुरु बृहस्पतिले यस राशिको चौथो घरमा हुनेछन्। वर्षभर माता लक्ष्मीको आशीर्वाद प्राप्त हुनेछ। आकस्मिक धन प्राप्त हुनेछ, जसका कारण सबै प्रकारका सुखको साधन प्राप्त हुनेछ। रोजगारीका लागि भौतारीएका युवाहरूको मनोकामना पनि पूरा हुनेछ।

मेष राशि 

कर्म दाता शनि मेष राशिको ११ औँ घरमा गोचर गर्नेछन्। यसले आम्दानीका नयाँ स्रोतहरू सिर्जना गर्नेछ। माता लक्ष्मीको आशीर्वाद प्राप्त गर्नाले धन,समृद्धि र सबै प्रकारको सुख प्राप्त हुनेछ। जसको विवाहमा ढिलाइ भएको छ त्यस्ता व्यक्तिको विवाह हुन्छ।

प्रकाशित : आइतबार, पुष १७, २०७९१६:३०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

साताको शुभ राशि: यस सता यी ५ राशिलाई हुनेछ अत्यन्तै शुभ, हेर्नुहोस् साताको शुभ राशि !