काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आँकलन गरिन्छ। पौष १६ गते शनिबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ। शनिबार दिन शनिदेवको नाममा समर्पित हुने गर्दछ। शनिबार शनिदेवको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुने साथै शुभ फल प्राप्त हुने मान्यता रहेको छ। शनिबार कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
पौष १६ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – शनिबार ।।। नक्षत्र- रेवती , १६:४० बजे उप्रान्त अश्विनी ।।। तिथि – नवमी , २२:५७ बजे उप्रान्त दशमी ।।। करण – वालव ११:२२ बजेदेखि कौलव , २२:५७ बजे उप्रान्त वणिज ।।। योग – परिघ , १३:२९ बजे उप्रान्त शिव ।।। पौष १६, २०७९, शनिबार।।। ३१ डिसेम्बर, सन् २०२२ ।।। नवमी, पौष शुक्लपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय – ०६: ५६ ।।। सूर्यास्त – १७:१७ ।।। शुभ साइत : – कुनै शुभ साइत छैन –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
काममा जीवन साथीको सहयोग मिल्नेछ। जागिरको लागि प्रतिस्पर्धात्मक परीक्षा र अन्तर्वार्तामा सफलता मिल्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ । सवारी साधनको आनन्द बढ्नेछ। यात्रा खर्च बढ्न सक्छ। कला संगीत तर्फ झुकाव बढ्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। मिहिनेत बढी हुनेछ ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मन प्रसन्न रहनेछ तर संयमित रहनु होला । धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। जीवन साथीको सहयोग मिल्नेछ । लेखन र बौद्धिक कार्यमा व्यस्तता बढ्न सक्छ। कला वा संगीतप्रति झुकाव बढ्न सक्छ। सन्तानको स्वास्थ्यमा समस्या आउन सक्छ। शैक्षिक कार्यमा बाधा आउनेछ। यात्रामा जान सकिनेछ ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आत्मविश्वासमा कमी आउन सक्छ। मनमा नकारात्मकताको प्रभावब रहन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला । जीवन कष्टदायी हुन सक्छ। कार्यस्थलमा अनावश्यक झगडाबाट टाढा रहने प्रयास गर्नुहोस्। साथीभाइको सहयोग मिल्नेछ। घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ। स्वभावमा जिद्दी रहनेछ। शैक्षिक कार्यमा सफलता मिल्ने सम्भावना छ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
शैक्षिक तथा बौद्धिक कार्यमा रुचि बढ्न सक्छ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। साथीभाइको सहयोग मिल्नेछ। धैर्यता कायम राख्ने प्रयास गर्नुहोस्। कार्यस्थलमा कठिनाइको सामना गर्न सकिन्छ। लेखन कार्यबाट आम्दानी बढ्नेछ। मिष्ठान्न खानेकुरामा रुचि बढ्न सक्छ। दाजुभाइको सहयोग मिल्नेछ। सन्तानको सुख मिल्नेछ। वैदेशिक यात्रामा जाने सम्भावना छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ। कामको स्तरमा पनि वृद्धि हुन सक्छ तर व्यापारमा कठिनाइ आउन सक्छ। क्षणिक क्रोधित र क्षणभर सन्तुष्टिको अवस्था रहनेछ। दिदी-बहिनीको आगमन हुन सक्छ। वाहन सुख प्राप्ति हुनेछ। आमाको स्वास्थ्यमा समस्या आउन सक्छ। जीवन कष्टदायी हुनेछ। साझको समयमा सुखद समाचार प्राप्त हुनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
परिवारमा सुख शान्ति छाउनेछ। काममा उच्च अधिकारीहरुसँग सद्भाव कायम राख्नुहोला। कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिनेछ। उन्नतिको अवसर मिल्नेछ। यात्रा गर्दा आफ्नो स्वास्थ्यको ख्याल गर्नुहोस्। अज्ञात भयले सताउनेछ। लामो समयदेखिको समस्याबाट मुक्ति मिल्ने आशा छ ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
कार्य स्थल परिवर्तनको सम्भावना रहेको छ। परिवारबाट टाढिनु पनि सम्भव छ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। व्यापार व्यवसायमा थप मिहिनेत हुनेछ। साथीभाइको सहयोग मिल्नेछ। आत्मविश्वासको कमी रहनेछ। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ । कार्यक्षेत्र फराकिलो बन्न सक्छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
आत्मविश्वास पनि बढ्नेछ। काममा प्रगति हुने सम्भावना छ । कार्यस्थलमा थप मिहिनेत हुनेछ। वैदेशिक यात्रा हुनसक्छ। कला वा संगीतप्रति झुकाव बढ्न सक्छ। बुवाबाट धन प्राप्ति हुनसक्छ । आम्दानीमा कमी र खर्च बढ्ने अवस्था रहनेछ। जीवन साथीको सहयोग मिल्नेछ ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आफ्ना भावनाहरूलाई नियन्त्रणमा राख्नुहोस्। काममा प्रगतिको बाटो खुल्नेछ। कार्यस्थलमा थप मिहिनेत हुनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। बुवाको स्वास्थ्यमा सुधार आउनेछ। सवारी साधनको मर्मत सम्भारमा खर्च बढ्न सक्छ। मानसिक तनाव बढ्नेछ। पारिवारिक समस्याले सताउनेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
व्यर्थको बहसबाट टाढा रहनुहोस्। व्यापार व्यवसायमा उन्नति होला तर केही कठिनाइहरु आउन सक्छन्। दाम्पत्य सुखमा वृद्धि हुनेछ। परिवारमा धार्मिक कार्य हुनेछ। साथीभाइको सहयोगले आम्दानीको माध्यम बन्न सक्छ। अध्ययनमा रुचि बढ्नेछ। अत्यधिक क्रोधबाट बच्नुहोस्।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
घरपरिवारमा धार्मिक कार्य गर्न सकिनेछ । कपडामा खर्च बढ्नेछ । वृद्ध व्यक्तिबाट धन प्राप्ति हुन सक्छ। आमाको स्वास्थ्यको ख्याल गर्नु होला । बुवाको सहयोग मिल्नेछ। खर्च बढी हुनेछ । काम परिवर्तनको सम्भावना छ। सन्तानको स्वास्थ्यको ख्याल गर्नुहोला। शैक्षिक कार्यमा कठिनाइ आउन सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
नोकरीमा उच्च पद प्राप्त हुनेछ। कार्यस्थलमा थप मिहिनेत हुनेछ। मान सम्मान मिल्नेछ। लेखन तथा बौद्धिक कार्य आम्दानीको माध्यम बन्न सक्छ। वाहन सुख प्राप्ति हुनेछ। पारिवारिक समस्या बढ्नेछ। अव्यवस्थित खर्च बढ्नेछ। बोलीमा कठोरताको प्रभाव रहनेछ। आम्दानीको स्थितिमा सुधार आउनेछ। कार्य क्षेत्रमा उच्च अधिकारीको सहयोग मिल्नेछ।