फिल्म ‘अवतार २’ को कमाइले नयाँ इतिहास रच्दै, १४ दिनमा गर्‍यो यति धेरै कमाइ!

एजेन्सी- जेम्स क्यामरुनको सपनाको चलचित्र ‘अवतार २ – द वे अफ वाटर’ लाई दर्शकले माया मिलिरहेको छ। डिसेम्बर १६ बाट विश्वभर हलमा प्रदर्शन भएको फिल्मले १४ दिनमै अहिले सम्मकै नयाँ रेकर्ड बनाएको छ। चलचित्रले छोटो समयमा नै कीर्तिमानी कमाई गरेको छ।फिल्मले करिब १ अर्ब डलरको आँकडा पार गरेको छ।

‘अवतार द वे अफ वाटर’ ले सन् २०२२ को कीर्तिमान मात्र तोडेको छैन, फिल्म क्षेत्रका यस भन्दा अघिल्ला सबै कीर्तिमानलाई पछाडि पारेको छ। मिडिया रिपोर्टका अनुसार फिल्मले १४ दिनमा एक अर्ब डलर अर्थात् ८३०० करोड कमाएको छ। एक अर्बको आँकडा पार गर्ने यो वर्षको पहिलो चलचित्र बनेको छ।

अवतार २’ अघि हलिउडका दुई फिल्मले मात्रै एक अर्ब डलरको आँकडा पार गरेका थिए । पहिलो टम क्रुजको ‘टप गन माभेरिक’ र दोस्रो थियो ‘जुरासिक वर्ल्ड डोमिनियन’। जेम्स क्यामरुनले पहिले नै भविष्यवाणी गरिसकेका थिए कि आधुनिक प्रविधिमा बनेको यो फिल्मको कमाइ एक अर्ब डलर पार गर्ने निश्चित छ।

सन् २००९ मा आएको जेम्स क्यामरुनको ‘अवतार’ को दोस्रो सिरिज अहिले विश्वमा सबैभन्दा धेरै कमाउने फिल्म बनेको छ। फिल्मले कुल २.९७ बिलियन डलर कमाएको थियो। कुल कमाई रु २५००० करोड भएको थियो । ट्रेड एना:-लिस्टका अनुसार ‘अवतार २’ को यो रेकर्ड तोड्न लगभग असम्भव छ। कोरोनापछिको जेम्स क्यामरुनको यो आश्चर्यजनक पुनरागमन हो।

प्रकाशित : शुक्रबार, पुष १५, २०७९१२:०५

आफ्नो मत ब्यक्त गर्नुहोस् :

अभिनेत्री भूमिको लेहेंगाले तान्यो सबैको ध्यान, प्रशंसा गरेर थाकेनन् मानिसहरू !