एजेन्सी- भारतको बलिउड क्षेत्रको केही अभिनेता अभिनेत्रीले यस वर्ष सन् २०२ मा वैवाहिक बन्धन तोडेका छन्। यीमध्ये धेरै यस्ता स्टार छन् जसको सम्बन्ध विच्छेदको खबरले फ्यानहरु छक्क परेका छन्। यी स्टारहरूमा धनुष ऐश्वर्यादेखि रफ्तार र कोमल वोहरासम्मको सम्बन्ध विच्छेद समावेश छ । सन् २०२२ मा एकअर्कासँग सम्बन्ध विच्छेद गरेर सदाका लागि छुटाउने ती स्टारहरूको सूची हेर्नुहोस्।
रजनीकान्तकी छोरी ऐश्वर्या र धनुषबीच सन् २०२२ मा सबैभन्दा चर्चाको सम्बन्ध विच्छेद भएको थियो। यो खबर सामाजिक सञ्जालमा आएसँगै मानिसहरुमा ठुलो हलचल मच्चिएको थियो। सन् २०२२ को सुरुवात अर्थात् १७ जनवरीमा उनीहरुको सम्बन्ध विच्छेदको खबर सार्वजनिक भयो र सबै स्तब्ध भएका थिए। विवाहको १८ वर्षपछि दुवैले छुट्टिने निर्णय गरेका थिए।
सलमान खानको भाइ सोहेल खान र सीमा सजदेहले यो वर्ष उनीहरु छुट्टिएको कुरा फ्यानलाई जानकारी दिएका थिए। दुवैको यो निर्णय फ्यानहरु स्तब्ध भेकका थिए। दुवैले विवाहको २४ वर्षपछि सम्बन्ध विच्छेदको निर्णय लिएका थिए । सम्बन्ध विच्छेदको बारेमा कुरा गर्दै सीमाले एक अन्तर्वार्तामा भनिन्, ‘म मेरो जीवनको यस्तो मोडमा पुगेकी छु कि मलाई कसैको वास्ता छैन, अब मैले अगाडि बढ्नु पर्छ। त्यही भएर यो निर्णय लिएकी हुँ।
सुस्मिता सेनको भाइ राजीव सेन र भाउजू चारु असोपाको चर्चा फेरि एकपटक सम्बन्ध विच्छेदसम्म पुगेको छ । चारु पनि छोरी जियानासँग छुट्टै घर लिएर बस्दै आएकी छन् । दुवैले दिनहुँ एकअर्काविरुद्ध बयान दिइरहेका छन् ।