काठमाडौँ : वैदिक ज्योतिष शास्त्रमा कुल १२ राशिको वर्णन गरिएको छ। हरेक राशिको स्वामी ग्रह हुन्छ। ग्रह-नक्षत्रको चालबाट राशिफलको आङ्कलन गरिन्छ। पौष १४ गते बिहीबार ग्रह-नक्षत्रका स्थितिका कारण केही राशिहरुका लागि शुभ हुनेछ भने केही राशिका मानिसले कठिनाइको सामना गर्नुपर्नेछ।
बिहीबार दिन भगवान विष्णुको नाममा समर्पित हुन्छ। बिहीबार भगवान विष्णुको विधि-विधानपूर्वक पूजा-अर्चना गरे हरेक मनोकामना पूरा हुनेछ। बिहीबार दिन कुन राशिका जातकलाई लाभ हुनेछ र कुन राशिका व्यक्तिहरु सजग रहनुपर्नेछ त ? पढ्नुहोस् मेष देखि मीनसम्मको राशिफल :
पौष १४ गतेको पञ्चाङ्ग र राशिफल :- ।।। दिन – बिहीबार ।।। नक्षत्र- पूर्वभाद्रपदा , १७:५४ बजे उप्रान्त उत्तरभाद्रपदा ।।। तिथि – सप्तमी , २५:१४ बजे उप्रान्त अष्टमी।।। करण – गर १४:०२ बजेदेखि वणिज , २५:१४ बजे उप्रान्त वालव ।।। योग – व्यतीपात , १८:०२ बजे उप्रान्त वरियान्।।। पौष १४, २०७९, बिहीबार ।।। २९ डिसेम्बर, सन् २०२२ ।।। सप्तमी, पौष शुक्लपक्ष ।।। पोहेलाथ्व, ११४३ ने.सं. ।।। सूर्योदय– ०६:५५ ।।। सूर्यास्त – १७ :१६ ।।। शुभ साइत : – रुद्री गर्ने साइत –
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
व्यापारमा वृद्धि हुनेछ। मिहिनेत बढी हुनेछ। आमाबाट धन प्राप्ति हुनसक्छ। व्यापारमा बृद्धि हुनेछ साथै नाफामा वृद्धि हुनेछ। साथीभाइको सहयोग पनि मिल्न सक्छ। परिवारको सहयोग मिल्नेछ। धार्मिक संगीतमा झुकाव बढ्न सक्छ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
आमाको स्वास्थ्यको ख्याल गर्नु होला। जीवन साथीको सहयोग मिल्नेछ। शैक्षिक कार्यमा सुधार आउनेछ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। मन खिन्न रहनेछ। कामको दायरा बढ्न सक्छ। मिहिनेत बढी हुनेछ । बोलीमा मिठास रहनेछ । अनुसन्धान कार्यमा सफलता मिल्ने प्रबल सम्भावना छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस्, व्यापार व्यवसायमा कठिनाइको सामना गर्न पर्ने हुन्छ। साथीभाइको सहयोगमा नयाँ व्यापार सुरु गर्नुहोस्। शैक्षिक कार्यमा सफलता मिल्ने सम्भावना छ। कुनै विशेष प्रयोजनका लागि विदेश यात्रामा जान सकिनेछ। सन्तान सुखमा वृद्धि हुनेछ ।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
मन खिन्न रहनेछ। आत्मविश्वासमा कमी आउनेछ तर व्यापारमा सुधार आउनेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। लेखन र बौद्धिक कार्यमा व्यस्तता बढ्न सक्छ। सन्तानबाट शुभ समाचार सुन्न पाइनेछ। पारिवारिक जीवन कष्टदायी हुन सक्छ। लामो समयदेखि चलिरहेको विवादबाट मुक्ति मिल्नेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
कार्यस्थलमा परिवर्तन हुनसक्छ। धन सम्पतिमा वृद्धि हुने सम्भावना छ। आफ्नो स्वास्थ्यको ख्याल राख्नुहोला। मनमा शान्ति र आनन्द रहनेछ। आत्मविश्वासमा बृद्धि हुनेछ। शैक्षिक कार्यबाट सुखद नतिजा मिल्नेछ। बौद्धिक कार्यमा व्यस्तता बढ्नेछ । परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
व्यापारमा सुधार आउनेछ। जीवन अव्यवस्थित हुनेछ। खर्च बढ्नेछ। मन अशान्त हुन सक्छ। जीवनसाथीको स्वास्थ्यको ख्याल गर्नुहोला। काममा उच्च अधिकारीको सहयोग मिल्नेछ। प्रगतिको बाटो खुल्नेछ। पढाइमा रुचि बढ्नेछ। लेखन तथा बौद्धिक कार्य आम्दानीको साधन बन्न सक्छ।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
अनावश्यक क्रोध र बहसबाट टाढा रहनुहोस्। व्यापार व्यवसायमा परिवर्तन हुँदैछ। लाभको अवसर मिल्नेछ। पारिवारिक जीवन सुखमय रहनेछ। कामको दायरा बढ्न सक्छ। आम्दानीमा पनि वृद्धि हुनसक्छ। बोलीको प्रभाव बढ्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्न सक्छ । कार्यक्षेत्रमा परिवर्तन आउन सक्छ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
पढाइमा रुचि बढ्नेछ। नोकरीमा पदोन्नतिको अवसर मिल्नेछ। आम्दानी बढ्नेछ, तर स्थान परिवर्तन हुन सक्छ। मानसिक शान्तिको लागि प्रयास गर्नुहोस्। अभिभावकको साथ मिल्नेछ। व्यापारमा परिवर्तनको सम्भावना छ। साथीभाइको सहयोग पनि मिल्न सक्छ। कुराकानीमा सन्तुलित हुनुहोस्। धार्मिक यात्रामा जान सकिन्छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
कपडा उपहार स्वरूप प्राप्त हुन सक्छ। व्यवसायमा बुवाबाट सहयोग प्राप्ति हुन सक्छ । मनमा नकारात्मकताको प्रभावबाट बच्नुहोस्। आमाको स्वास्थ्यको ख्याल गर्नु होला। चिकित्सा खर्च बढ्न सक्छ। पुरानो साथीसँग भेटघाट हुनसक्छ। व्यापार व्यावसायमा नाफा बढ्नेछ। साथीभाइको सहयोगले आम्दानी बढाउने माध्यम बन्नेछ।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
साथीभाइको सहयोगमा नयाँ व्यापार सुरु गर्न सकिनेछ। मन अशान्त हुन सक्छ। व्यापार व्यवसायमा बढोत्तरी हुनेछ। नाफामा वृद्धि हुनेछ। खर्चको अत्याधिक कारणले मन चिन्तित हुन सक्छ। व्यापार विस्तार हुनेछ। सन्तानको सुख मिल्नेछ। जीवनसाथीको सहयोग रहनेछ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
कला वा संगीतप्रति झुकाव बढ्न सक्छ। काममा कुनै अतिरिक्त जिम्मेवारी पाउन सकिन्छ। धैर्यताका साथ काम गर्ने प्रयास गर्नुहोस्। आफ्नो स्वास्थ्यको बारेमा सावधान रहनुहोस् खर्चको मात्रा बढ्नेछ। बौद्धिक कार्यबाट आम्दानी हुनेछ। शैक्षिक कार्यमा सफलता मिल्नेछ। परिवारको सहयोग मिल्नेछ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
परीक्षा र अन्तर्वार्ता कार्यको लागि सुखद नतिजा प्राप्त हुनेछ। आम्दानी बढ्नेछ। परिवारमा धार्मिक कार्य हुनेछ। परिवारका साथ धार्मिक स्थलमा जान सकिनेछ । खर्च पनि बढ्नेछ। व्यापार विस्तार हुनसक्छ । शैक्षिक कार्यमा समस्याको सामना गर्नु पर्नेछ। आमासँग मनमुटावको स्थिति आउन सक्छ। केही काममा लामो समयदेखिको योजनामा सफलता मिल्ने सम्भावना छ।