प्रायः तपाईले सुन्नु वा देख्नु भएको होला कि वर्षमा केहि दिनहरु यस्ता हुन्छन् जसमा शुभ कार्य गर्नु शुभ मानिदैन। यसमा खरमस, पितृपक्ष हुन्। पितृ पक्षको १५ दिन हाम्रा पुर्खाहरूलाई समर्पित हुने कुरा हामी सबैलाई थाहा छ तर वर्षका केही दिनमा खरमास अर्थात् मलमास दिनहरू हुन्छन् जसमा कुनै पनि शुभ कार्य गर्न वर्जित मानिन्छ।
यस दिनबाट सुरु हुनेछन् शुभ कार्य:-
हिन्दु धार्मिक मान्यता अनुसार खरमासमा कुनै शुभ कार्य हुँदैन तर धार्मिक कार्य, पूजापाठ, कथाहरु गर्न सकिन्छ। खरमासको समयमा सूर्यको चाल मन्द हुने भएकाले यस समयमा कुनै शुभ कार्य, विवाह, घर खरिद वा नयाँ कामको थालनी गर्न निषेध हुने जनविश्वास रहेको छ। यसवर्ष खरमास पुष १ गतेबाट सुरु भएर पुष ३० गतेबाट समाप्त हुनेछ। पुष ३० गते सूर्य भगवान मकर राशिमा प्रवेश गरेपछि मकर संक्रान्ति पर्वपछि शुभ कार्य सुरु हुनेछ।
के गर्नु हुँदैन ?
खरमास महिनामा विवाहजस्ता शुभ कार्य गर्नु हुदैन, न त यस समयमा गृहताप, मुण्डन, विवाह, बन्धन जस्ता कार्यक्रम गर्नु हुन्छ। यी दिनमा गरेको शुभ कार्यको फल उचित नहुँदा धन हानि हुने सम्भावना प्रबल हुने भएकाले यस समयमा व्यापार तथा लगानी गर्नुहुँदैन भनिन्छ।
के छ त उपाय ?
सनातन धर्मका अनुसार सूर्य धनु राशिमा प्रवेश गरेपछि सूर्यको गति सुस्त हुन्छ। जसले ग्रह र नक्षत्रहरूलाई पनि असर गर्छ। यस्तो अवस्थामा हामीले शुभ कार्य गर्नु हुँदैन। यदि तपाईंको कुण्डलीमा कुनै प्रकारको दोष छ भने त्यसले तपाईंको जीवनमा धेरै असर नपरोस् भनेर पूजा गर्नुपर्छ। यसका साथै सूर्यदेव र तुलसीको बोटलाई जल चढाउनु र बिहान बेलुका दीप प्रज्वलन गर्नु शुभ मानिन्छ। यस समयमा दान कार्य शुभ मानिन्छ।
