पुरुषका यी ३ गुणमा फिदा हुन्छन् हरेक महिला, बनाउँन चाहन्छन् आफ्नो पति !

महान विद्वान, नीतिविद्, कूटनीतिज्ञ, शिक्षक, रणनीतिकार र अर्थशास्त्री आचार्य चाणक्यले आफ्नो नीतिमा महिला र पुरुषका बारेमा धेरै कुराहरू उल्लेख गरेका छन्। चाणक्य नीतिले पुरुषका धेरै गुणहरूको बारेमा पनि बताएको छ, जुन महिलाहरूलाई मनपर्छ र उनीहरूलाई पुरुषतर्फ आकर्षित गर्छन्। चाणक्य नीतिका अनुसार यी ३ गुण भएका पुरुषलाई महिलाले मन पराउँछन् र उनीहरुलाई आफ्नो जीवनको हिस्सा बनाउन चाहन्छन्।

इमानदारी

इमानदार मानिस सबैले मन पराउँछन् तर चाणक्य नीतिका अनुसार इमानदार पुरुष महिलाका विशेष हुन्छन्। आचार्य चाणक्यले भनेका छन् कि महिलाहरू सधैं सम्बन्धमा इमानदार र कसैलाई धोका नदिने पुरुषलाई आफ्नो जीवनको हिस्सा बनाउन चाहन्छन्।

महिला प्रतिको व्यवहार

आचार्य चाणक्यका अनुसार महिलाहरू सधैं त्यस्ता पुरुषलाई मन पराउँछन्, जसको व्यवहार महिलाप्रति राम्रो हुन्छ। महिलालाई सम्मान गर्ने, महिलासँग प्रेम, विनम्र र शिष्टताले कुरा गर्ने पुरुषसँग महिलाहरू तुरुन्तै प्रेममा पर्छन्। चाणक्य नीतिमा भनिएको छ कि महिलाहरु यस्ता पुरुषहरुलाई आफ्नो पार्टनर बनाउन रुचाउँछन्।

महिलाको कुरा सुन्ने पुरुष

प्रायः पुरुषहरूले आफ्नो विचारलाई अगाडि राख्छन् र महिलाको विचारलाई बेवास्ता गर्छन्। आचार्य चाणक्यका अनुसार महिलाहरु यस्ता पुरुषलाई पटक्कै मन पराउँदैनन्। चाणक्य नीतिमा भनिएको छ कि जो पुरुष महिलाको कुरा सुन्छ र उनको कुरालाई महत्व दिन्छ, महिलाहरु यस्ता पुरुषलाई आफ्नो जीवनको हिस्सा बनाउन चाहन्छन्।

प्रकाशित : बुधबार, पुष १३, २०७९१४:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चलिरहेको छ खरमास, किन यो समयमा गर्नु हुँदैन त शुभ कार्य ? जान्नुहोस्…