नयाँ वर्षमा सबैभन्दा शुभ ग्रहले चम्काउँनेछ यी ४ राशिको भाग्य, वर्षभर रहेछ सुखमय जीवन !

नयाँ वर्षमा देवगुरु बृहस्पति एक राशिबाट अर्को राशिमा प्रवेश गर्नेछन्। बृहस्पति छ अप्रिल २०२३ मा ८:५८ बजे मीन राशिबाट मेष राशिमा प्रवेश गर्नेछ। बृहस्पति गोचरले सबै १२ राशिका मानिसमा विशेष प्रभाव पार्छ। जान्नुहोस् कुन राशिका व्यक्तिलाई गुरु गोचरले मिल्नेछ अथाह लाभ-

कर्कट राशि

कर्कट राशिका लागि बृहस्पतिको गोचरले शुभफल ल्याउन सक्छ। जागिरको खोजीमा रहेका व्यक्तिहरूले राम्रो समाचार पाउन सक्छन्। आर्थिक क्षेत्रमा लाभ हुनेछ। जीवनसाथीको साथ मिल्नेछ।

कन्या राशि

कन्या राशिका लागि बृहस्पति गोचरले सकारात्मक फल दिनेछ। बृहस्पति राशि परिवर्तनले नोकरीमा पदोन्नति प्रदान गर्न सक्छ। व्यापारमा लाभ हुनेछ। आर्थिक उन्नति गर्न सकिनेछ। धन बचतमा सफलता मिल्नेछ। जीवनसाथीसँग राम्रो समय बित्नेछ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि बृहस्पति गोचर शुभ साबित हुन सक्छ। सन्तानको पक्षबाट शुभ समाचार सुन्न पाइनेछ। व्यापारीहरूले राम्रो नाफा कमाउनेछन्। जागिरमा पदोन्नति र आम्दानी बढ्ने सम्भावना छ।

कुम्भ राशि

बृहस्पति गोचर कुम्भ राशिका लागि भाग्यशाली साबित हुनेछ। आकस्मिक धन लाभको योग हुनेछ। नयाँ कामको अवसर मिल्नेछ। जीवनसाथीको सम्बन्ध बलियो हुनेछ। छोटो दुरीको यात्रा सुखमय तरिकाले हुने सम्भावना छ। इच्छित परिणाम प्राप्त हुनेछ।

प्रकाशित : बुधबार, पुष १३, २०७९१२:४६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

सन् २०२३ का भाग्यमानी राशि हुन् यी ४ राशि, धन लाभ तथा करियरमा मिल्नेछ अपार सफलता !