यी राशिमा छिट्टै सुरु हुँदैछ शनिको महा दशा, यी राशिले भने पाउँनेछन् मुक्ति !

सन् २०२३ सुरु हुन लागेको छ। नयाँ वर्षमा ग्रह र नक्षत्रको स्थिति परिवर्तनको प्रभाव सबै १२ रशिमा देखिनेछ। सन् २०२३ मा शनि, गुरु र राहुलगायत धेरै ठूला ग्रहहरूले राशि परिवर्तन गर्नेछन्। सबैभन्दा सुस्त गतिमा चल्ने ग्रह शनि लगभग साढे दुई वर्षपछि एक राशिबाट अर्को राशिमा प्रवेश गर्छ।

हिन्दु पात्रो अनुसार शनि मकर राशिबाट निस्केर जनवरी १७, २०२३ मा कुम्भ राशिमा प्रवेश गर्नेछ। शनिलाई कुम्भ राशिको शासक ग्रह मानिन्छ। मकर राशिमा शनिको गोचर सकिएपछि कुम्भ राशिमा प्रवेश गरेपछि केही राशिमा शनिको साढेसाती र ढैय्या सुरु हुनेछ भने केही राशिका व्यक्तिले मुक्ति पनि पाउनेछन्।

शनिको साढेसाती र ढैय्या

ज्योतिष शास्त्रमा शनिदेवलाई न्याय र कर्मदाताका दर्जा दिइएको छ। शनिले व्यक्तिलाई कर्मको आधारमा फल प्रदान गर्ने गर्छ। शनिको साढेसाती र ढैय्यालाई निकै कष्टकर मानिन्छ। हरेक व्यक्तिले जीवनमा एकपटक साढेसाती र ढैय्याको सामना गर्नुपर्छ। शनिको साढेसाती सात वर्षसम्म रहन्छ भने ढैय्या साढे दुई वर्ष चल्छ।

यी राशिहरूमा सुरु हुनेछ शनिको साढेसाती

१७ जनवरी, २०२३ मा शनि कुम्भ राशिमा प्रवेश गरेपछि मीन राशिका लागि शनिको साढेसातीको पहिलो चरण सुरु हुनेछ। कुम्भ राशिका लागि शनिको साढेसातीको दोस्रो चरण र मकर राशिका लागि तेस्रो चरण सुरु हुनेछ। कर्कट र वृश्चिक राशिका लागि शनिको ढैय्या सुरु हुनेछ।

यी राशिका व्यक्तिहरूले पाउनेछन् साढेसाती र ढैय्याबाट मुक्ति

शनिको गोचरले धनु राशिका व्यक्तिले शनिको साढेसातीबाट मुक्ति पाउनेछन्। अर्कोतर्फ, तुला र मिथुन राशिका व्यक्तिहरूमा शनि ढैय्याको प्रभाव समाप्त हुनेछ। शनिदशाबाट मुक्ति पाएपछि यी राशि हुनेहरुको लागि शुभ समय सुरु हुनेछ। भाग्यले साथ दिनेछ। मान सम्मानमा वृद्धि हुनेछ।

प्रकाशित : बुधबार, पुष १३, २०७९११:३६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

कडा परिश्रम नगरी हरेक चीज प्राप्त गर्न खोज्छन् यस्ता मानिस, तपाईं पनि पर्नु त भएन ?