राष्ट्रपति बन्ने लिस्टमा को-को ? यस्तो छ सम्भावित सूची !

काठमाडौँ – सभामुख र उपसभामुखको चयन माघ १० गतेभित्र हुने भएको छ। सरकारको सिफारिसमा मंगलबार राष्ट्रपति विद्यादेवी भण्डारीले २५ पुस दिउँसो १ बजे बस्ने गरी संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरेकी छन्। पहिलो बैठक बसेको १५ दिनभित्र सभामुख र उपसभामुखको निर्वाचन गरिसक्नुपर्नेछ। यो समाचार अन्नपूर्णपोस्ट दैनिकमा प्रकाशित छ।

सहमतिअनुसार सभामुख एमालेले पाउनेछ। जसमा एमालेका सचिव छविलाल विश्वकर्माको चर्चा छ।  उनी रुपन्देही १ बाट निर्वाचित भएका हुन्। यो निर्वाचनमा प्रतिनिधिसभाको प्रत्यक्षबाट जित्ने एक मात्रै दलित हुन् उनी।

उनले एमाले छोडेर स्वतन्त्र उम्मेदवार बनेका घनश्याम भुसाललाई हराएका पनि हुन्। उनका साथै एमालेका उपमहासचिव एवं प्रचार विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ र नेतृ विद्या भट्टराईको नाम पनि चर्चामा छ। उपसभामुख भने रास्वपाको हातमा जाने छ।

राष्ट्रपति को ?
राष्ट्रपति, उपराष्ट्रपति निर्वाचन पनि माघभित्रै सक्नुपर्नेछ। राष्ट्रपति भण्डारीको कार्यकाल २०७९ फागुन २९ गते सकिँदै छ। कार्यकाल सकिनुभन्दा एक महिनाअघि नै निर्वाचन हुने गरी मिति तय गर्नुपर्ने व्यवस्था छ। त्यो व्यवस्थाअनुसार माघ २९ गतेभित्र नै राष्ट्रपति र उपराष्ट्रपति छानिसकिने छन्।

संवैधानिक व्यवस्थाअनुसार राष्ट्रपति र उपराष्ट्रपति फरक–फरक लिङ्ग वा समुदायको हुनुपर्छ। संघीय संसद् (३३४) र प्रदेशसभाका सदस्य (५५०) मतदाता हुनेछन्। मुलुकको विद्यमान जनसंख्याअनुसार यी पदको निर्वाचनका लागि संघीय संसद्का प्रतिसदस्यको मतभार ७९ र प्रदेशसभाका प्रतिसदस्यको मतभार ४८ हुनेछ।

एमालेले पाउने भएपछि को हुन्छ राष्ट्रपति भन्ने चर्चा सुरुवात भएको छ। एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवासचन्द्र नेम्बाङ, अष्टलक्ष्मी शाक्य, युवराज ज्ञवाली लगायतका नेताको राष्ट्रपतिमा चर्चा छ। उपराष्ट्रपति भने माओवादी केन्द्रले पाउनेछ।

प्रकाशित : बुधबार, पुष १३, २०७९०८:२०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

शान्ति मिसन छनौटको नियममा परिवर्तन, अब सशस्त्र कर्मचारीले यति वर्ष सेवा गर्नैपर्ने !