नयाँ वर्ष सन् २०२३ सुरु हुन् केही समय बाँकी छ। नयाँ वर्ष सन् २०२३ मा शनि, राहु, केतु र गुरुको कार्य र राशि परिवर्तनको अर्थ धेरै छ। कुन राशिलाई यी ग्रहहरुको राशि परिवर्तनले फाइदा पुग्छ र कुन राशिलाई हानि पुग्छ । सन् २०२२ मा देव गुरु बृहस्पति नोभेम्बर २४ मा मीन राशिमा सिधा चालमा थिए अब यही राशिमा रहनेछ तर २०२३ अप्रिल २२ मा राशि परिवर्तन गरेर मेष राशिमा प्रवेश गर्नेछ ।
शुक्र ग्रहको बारेमा कुरा गर्दा, शुक्र ग्रह डिसेम्बर २९ मा मकर राशिमा प्रवेश गर्नेछ र त्यसपछि नयाँ वर्षमा आफ्नो राशि परिवर्तन गर्नेछ। मंगल ग्रह हाल वृष राशिमा प्रतिगामी अवस्था छ र अर्को वर्ष १३ मार्च सन् २०२३ मा मिथुन राशिमा प्रवेश गर्नेछ। यसपछि ३१ डिसेम्बरपछि बुधले राशि परिवर्तन गर्नेछ भने १५ जनवरीमा सूर्य मकर राशिमा प्रवेश गर्नेछ । त्यस्तै शनि देवको कुरा गर्दा सन् २०२३ मा, शनिदेवले जनवरी १७ मा आफ्नो राशि परिवर्तन गर्नेछन्।
शनि देवपछि राहु गोचरको कुरा गर्ने हो भने सन् २०२३ मा राहु मीन राशिमा गोचर गर्नेछ। राहुको यो परिवर्तन अक्टोबर ३० मा हुनेछ। यसपछि केतुको गोचरको कुरा गर्ने हो भने, अहिले तुला राशिमा रहेको छ छ र अक्टोबर ३०, २०२३ मा कन्या राशिमा प्रवेश गर्नेछ।
यस समयमा राशिको कुरा गर्दा मेष, वृष राशिलाई ग्रहहरुको राशि परिवर्तनले निर्णय लिनमा समस्या आउन सक्छ, मकर, कुम्भ, मीन राशिका व्यक्तिहरुले स्वास्थ्यको दृष्टिले सजग रहनु पर्नेछ । कन्या र सिंह राशिका लागि समय मध्यम छ, व्यापार व्यवसायमा पनि खासै लाभ हुनेछैन । यस बाहेक धनु र वृश्चिक राशिका व्यक्तिहरूले बिना सोचेर पैसाको चलखेल गर्नु हुँदैन।