आजबाट सुरु भयो अग्नि पञ्चक, यस्ता कुरामा रहनुहोस् सावधान, भुलेर पनि गर्न हुँदैन !

पञ्चकको समयमा धेरै काम गर्न अशुभ मानिन्छ। धार्मिक मान्यता अनुसार र ज्योतिष शास्त्रमा पञ्चक अवधिको ५ दिनका लागि धेरै नियमको पालना गर्न भनिएको छ जसमा केही चीजहरू खरिद गर्न र केही शुभ कार्य गर्न मनाही गरिएको छ। तर यो महिनाको पञ्चक मानिसहरुको लागि थप समस्याको कारण बन्न सक्छ।

वास्तवमा आज २७ डिसेम्बर मंगलबारबाट सुरु हुने पञ्चक ३१ डिसेम्बरसम्म चल्नेछ र यो साधारण पञ्चक नभई अग्निपञ्चक हुनेछ। तर, यस अवधिमा मानिसहरु सन् २०२२ लाई बिदाइ र सन् २०२३ लाई स्वागत गर्ने उत्सव मनाउन तयारी अवस्थामा छन्। तर अग्निपञ्चकको समयमा दुर्घटनाको उच्च सम्भावना रहेकाले केही सावधानी अपनाउनुपर्छ।

चन्द्रमा कुम्भ र मीन राशिमा प्रवेश गर्दा पञ्चक सुरु हुन्छ। यस बाहेक धनिष्ठ नक्षत्र, शतभिषा नक्षत्र, रेवती नक्षत्र, उत्तरा भाद्रपद र पूर्वभाद्रपदको तेस्रो पदमा चन्द्रमाले यात्रा गर्दा पञ्चक सुरु हुन्छ। यसपटक मंगलबारदेखि पञ्चक प्रारम्भ हुँदैछ, जुन अग्निपञ्चक हुनेछ। अग्निपञ्चकलाई सबैभन्दा शुभ मानिएको छ। हिन्दू पञ्चाङका अनुसार यस पटकको पञ्चक २०२२ डिसेम्बर २७ तारिख मंगलबार बिहान ३ः३१ बजेबाट सुरु भएर ३१ डिसेम्बर  शनिबार बिहान ११ः४७ बजे समाप्त हुनेछ । यो समयमा यस्ता कुरामा विशेष सावधान रहनुहोस्।

अग्नि पञ्चकमा नगर्नु होला यस्तो काम

-पञ्चकमा परिवारको कुनै सदस्यको ज्यान गएमा उनको अन्तिम संस्कार विशेष तरिकाले गर्नुपर्छ। उक्त श-वका साथमा ४ मोतीचूर लड्डु वा नरिवल वा कुशको टुक्रा साथमा राख्नुपर्छ। यसो गर्नाले परिवारको सङ्कट टालिन्छ।

-पञ्चकमा चारपाई बेड बनाउने र किन्नु हुँदैन, घर बनाइरहनुभएको छ भने पञ्चकमा छत हाल्नु हुँदैन, ढोकामा फ्रेम हाल्नु हुँदैन। यसो गर्दा धेरै समस्या आउन सक्छ।

पञ्चक अवधिमा दक्षिण दिशामा यात्रा गर्नु हुँदैन। त्यसो गर्नु अशुभ हुन्छ। वास्तवमा, दक्षिणलाई यमको दिशा मानिन्छ, पञ्चक अवधिमा घाँस, काठ आदि पनि सङ्कलन गर्नु हुँदैन।

प्रकाशित : मङ्गलबार, पुष १२, २०७९१३:०४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

हरेक दिन बिहान उठ्ने बित्तिकै गर्नुहोस् यी ६ काम, माता लक्ष्मी हुनेछिन् प्रसन्न!