विवाहित महिलाले भुलेर पनि यी बार नधुनुहोस् कपाल, अन्यथा झेल्नुपर्नेछ अशुभ असर !

धार्मिक मान्यता अनुसार हप्ताको सातै दिनका बारेमा केही नियम दिइएको छ। यी नियमहरू पालना गर्नाले जीवनमा सुख-समृद्धि रहन्छ र धेरै प्रकारका संकटहरूबाट बच्न सकिन्छ। हिन्दू धर्म ग्रन्थमा विवाहित महिलाको सम्बन्धमा केही नियमहरु दिइएको छ । यस्ता नियाम मध्य कपाल धुने दिनको बारेमा पनि विशेष कुरा भनिएको छ।

धार्मिक ग्रन्थमा विवाहित महिलाले निश्चित दिनमा मात्र टाउको धुन तथा टाउको नुहाउन भनिएको छ । यस्ता दिनहरुमा कपाल धुनुका धेरै बेफाइदाहरू छन्, यी दिनहरुमा कपाल धुनु वर्जित गरिएको छ, जसको असर महिलासहित सम्पूर्ण परिवारले भोग्नुपरेको छ। जस्तै- आर्थिक संकट, प्रगतिमा अवरोध आदि।

आइतवार – विवाहित महिलाले कपाल धुनु आइतबारको दिन राम्रो मानिदैन त्यसैले यस दिन विवाहित महिलालाई कपाल ननुहाउन भनिएको छ।

सोमबार – धार्मि शास्त्र अनुसार विवाहित महिलाले सोमबार कपाल धुनु हुँदैन। विशेषगरी जसको कुण्डलीमा चन्द्रमाको स्थिति अशुभ छ, उनीहरुले सोमबार कपाल धुनु हुँदैन । यसो गर्दा परिवारको उन्नति हुँदैन।

मंगलबार – विवाहित महिलाको कपाल धुनु राम्रो मानिने छैन। यसले घरमा नकारात्मकता बढाउँछ। यदि कुनै पनि अवस्थामा कपाल धुनु पर्यो भने, महिलाले आफ्नो टाउको धुनका लागि पानीमा थोरै बेसारको प्रयोग गर्नुपर्छ।

बुधबार – विवाहित महिलाले बुधबार कपाल धुन राम्रो मानिन्छ। तर कान्छी भाइबहिनी भएका महिलाहरूले त्यस दिन कपाल धुनु हुँदैन। बुधवार कपाल धुनु परेमा कपाल धुनुअघि कपालमा चारदेखि पाँचवटा तुलसीको पात हालनुहोस्।

बिहीबार – विवाहित महिलाले बिहीबार कहिल्यै कपाल धुनु हुँदैन । बिहीबार विवाहित महिलाले कपाल धोएमा पतिको उमेर घट्छ, सन्तानको समस्या हुनसक्ने जनविश्वास रहेको छ । आर्थिक संकटको सामना गर्नुपर्नेछ। बिहीबार कपाल धुनु परेमा पानीमा अलिकति बेसार मिसाएर कपालमा धुनुहोस्।

शुक्रबार – विवाहित महिलाले कपाल धुने सबैभन्दा शुभ दिन शुक्रबार मानिन्छ । शुक्रबारको दिन टाउको धुँदा माता लक्ष्मी प्रसन्न हुन्छिन्, घरमा आशिर्वाद कायम रहन्छ । कहिल्यै आर्थिक संकटको सामना गर्नुपर्दैन।

शनिबार – विवाहित महिलाले शनिबार टाउको धुनु हुँदैन, यसो गर्नाले भगवान शनि क्रोधित हुन्छन् । यदि तपाईंले शनिबार आफ्नो कपाल धुनु पर्यो भने, सबैभन्दा पहिले कपालमा काँचो गाईको दूध लगाउनुहोस्।

प्रकाशित : सोमबार, पुष ११, २०७९१७:०२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आजबाट सुरु भयो अग्नि पञ्चक, यस्ता कुरामा रहनुहोस् सावधान, भुलेर पनि गर्न हुँदैन !