ज्योतिषशास्त्रमा ग्रह र नक्षत्रको स्थितिमा हुने परिवर्तनलाई निकै महत्त्वपूर्ण घटना मानिन्छ। कारण हो जब कुनै ग्रहले राशि तथा नक्षत्र परिवर्तन गर्दछ त्यसको प्रभाव १२ राशिमा देखिने गर्दछ। ग्रहहरूको राजकुमार बुधले सन् २०२२ को अन्त्यमा आफ्नो राशि परिवर्तन गर्ने भएको छ। व्यापार, तर्क, संवाद र बुद्धिको कारक बुधलाई कन्या र मिथुन राशिको स्वामी मानिन्छ। २८ डिसेम्बरमा बुध शनिको राशि मकर राशिमा प्रवेश गर्नेछ। बुधको राशि परिवर्तन बिहान ०४:२० बजे हुनेछ। जान्नुहोस् बुधको राशि परिवर्तनबाट कुन-कुन राशिलाई फाइदा हुनेछ?
वृष राशि
वृष राशिका लागि बुधको राशि परिवर्तन लाभदायी साबित हुनेछ । राशि परिवर्तनको अवधिमा तपाईंले आफ्नो जीवनसाथीसँग राम्रो समय बिताउनुहुनेछ। प्रेम जीवन राम्रो रहनेछ। धन सम्बन्धी कार्य सम्पन्न हुनेछन् । रोकिएको धन प्राप्त हुन सक्छ। सम्बन्धमा सुधार आउनेछ ।
कर्कट राशि
कर्कट राशिका लागि बुधको राशि परिवर्तन शुभ रहनेछ। यस अवधिमा कार्यस्थलमा शुभ समाचार सुन्न पाइनेछ । आर्थिक स्थितिमा सुधार आउनेछ । शत्रुहरू सक्रिय हुने प्रयास गर्नेछन् तर पराजित हुनेछन्। आत्मविश्वास बढ्नेछ। यात्रामा लाभ मिल्नेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गर्नेहरूका लागि समय अनुकूल रहनेछ।
कन्या राशि
बुधको गोचरले कन्या राशिको जीवनमा सकारात्मक परिणाम ल्याउन सक्छ। रोजगारीको खोजीमा रहेका मानिसहरूले राम्रो समाचार पाउन सक्छन्। पारिवारिक कलह समाप्त हुनेछ। धन लाभ हुने सम्भावना छ । यस अवधिमा जग्गा, भवन वा सवारीका साधन खरिद गर्न सकिनेछ। विद्यार्थीहरूका लागि समय राम्रो रहनेछ।
मेष राशि
मेष राशिका लागि बुधको राशि परिवर्तन शुभ रहनेछ । मेष राशिका व्यक्तिहरूलाई जागिरमा पदोन्नति मिल्नेछ । आफ्नो बोलीले सबैको मन जित्न सफल हुनुहुनेछ। व्यवसायीले राम्रो प्रतिफल पाउनेछन् । करियरको हिसाबले यो समय राम्रो रहनेछ।