• वि.सं. २०७९ सालको पुष महिनाको मासिक राशिफल : –
• ज्योतिषाचार्य हरिप्रसाद पौडेल
• मेष राशि – चु, चे, चो, ला, लि, लु, ले, लो, अ (Aries) : –
कार्यव्यस्तता बढेर जानेछ। स्थान परिवर्तन एवं आकस्मिक यात्राको सम्भावना रहेको छ। गर्न आँटेका काममा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पु¥याउनुपर्नेछ । घरायसी खर्चको मात्रा बढेर जानेछ। नयाँ कामको थालनी हुने सम्भावना रहेको छ। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन् । धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि लाग्ने छ। महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर समेत मिल्ने छन्।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
मनले सोचेका योजनामा केही बाधाअड्चन आइपर्ने देखिन्छ । सामान्य शारीरिक अस्वस्थताका साथै मानसिक तापसमेत पर्न सक्ने योग छ। धार्मिक कार्यका साथै सामाजिक काममा सहभागी हुनुपर्नेछ। आकस्मिक यात्रा एवं रमाइलो भेटघाटको अवसर मिल्नेछ। पठनपाठनका साथै धार्मिक कार्यमा समेत अभिरुचि बढेर जानेछ। लेनदेनसम्बन्धी काममा सावधानी अपनाउनुपर्ने देखिन्छ। महिनाको पूर्वार्धमा अनावश्यक विवादमा पार्ने सम्भावना देखिएकाले बोलीचालीमा ध्यान पु¥याउनुपर्ने देखिन्छ।
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –
यात्रा एवं सवारी चलाउँदा विशेष ध्यान दिनुपर्नेछ । आकस्मिक यात्रा एवं स्थान परिवर्तनको सम्भावना रहेको छ। कार्यव्यस्तता बढेर जानाले शारीरिक ताप केही बढी नै पर्ने देखिन्छ। कार्यव्यस्तता बढेर जानाले बेफुर्सदी जस्तो गराउने छ। आँटेका काममा अनावश्यक बाधाअड्चन आउनुका साथै ढिलासुस्ती समेत गराउने देखिन्छ। सन्तान एवं परिवारको चिन्ताले केही पिरोल्नेछ। अध्ययन अध्यापनमा मध्यम सफलताको योग छ । सामाजिक काममा अभिरुचि लाग्ने छ। महिनाको उत्तरार्धमा धनागमका अवसर मिल्नेछन्।
• कर्कट राशि – हि, हु, हे, हो, डा, डि, डु, डे, डो (Cancer) : –
सफलताको महिना रहेको छ। मानसम्मान एवं पदप्रतिष्ठा बढेर जाने छ । बोलीको प्रभावले महत्वपूर्ण काम बन्ने देखिन्छ। आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ। प्रतिस्पर्धामा महìवपूर्ण सफलता प्राप्त हो ला । पठनपाठनमा सोचेअनुसारको सफलता मिल्नेछ। धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्नेछ। नयाँ ठाउँको रमाइलो भ्रमणको अवसर समेत मिल्ने छ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
कार्यव्यस्तता बढेर जानाले शारीरिक एवं मानसिक ताप केही बढी नै पर्न जाने देखिन्छ। सामान्य अस्वस्थताको सम्भावना देखिएकाले खानपानमा विचार पु¥याउनुपर्नेछ। दाम्पत्य सम्बन्धमा सामान्य मनमुटावको स्थिति देखापर्नेछ। अध्ययन अध्यापनमा अनावश्यक बाधाअड्चन आइपर्ने छन्। सामाजिक काममा अभिरुचि बढेर जानेछ । महिनाको पूर्वार्धमा काममा आकस्मिक बाधाअड्चन र अनावश्यक खर्च बढ्ने देखिन्छ भने उत्तरार्धमा धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
घरायसी समस्याले पिरोल्नेछ । शारीरिक एवं मानसिक परिश्रम केही बढी नै गर्नुपर्ला। यात्रा एवं सवारी चलाउँदा धेरै होसियारी अपनाउनुपर्ने छ । लेनदेनसम्बन्धी कारोबारमा विवाद आउने देखिन्छ। नजिकको व्यक्तिबाट विश्वासघात हुन सक्ने देखिन्छ। पठनपाठनमा अभिरुचि बढेर जानेछ । धार्मिक एवं सामाजिक क्षेत्रका काममा मन लाग्ने छ। घरायसी खर्चको मात्रा बढेर जाने छ। महिनाको उत्तरार्धमा भने धनागम एवं मनोरञ्जनका अवसर मिल्ने छन्।
• तुला राशि – र, रि, रु, रे, रो, ता, ति, तु, ते (Libra) : –
स्थान परिवर्तन एवं आकस्मिक यात्राको योग छ। आत्मबल बढेर जानाले आँटेका योजनामा सफलता मिल्नेछ । रोकिएका काम क्रमशः बन्दै जानेछन् । प्रतिस्पर्धामा सफलता मिल्नेछ। आर्थिक पक्षका कामबाट राम्रै लाभ मिल्नेछ। सुखद पारिवारिक भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्ने छन्। पठनपाठनमा अनावश्यक बाधाअड्चन आइपर्ने देखिन्छ । शारीरिक आरोग्यताका साथै मानसिक प्रसन्नता अनुकूल रहने छ ।
• वृश्चिक राशि – तो, ना, नि, नु, ने, नो, या, यि, यु (Scorpio) : –
अनावश्यक दौडधुप केही बढी नै गर्नुपर्ला। घरायसी खर्चको मात्रा बढेर जानेछ। सामान्य अस्वस्थताको सम्भावना देखिन्छ। अनावश्यक विवादमा पार्ने देखिएकाले बोलीचालीमा विचार पु¥याउनुपर्ने छ । धार्मिक एवं सामाजिक काममा अभिरुचि बढेर जानेछ । पठनपाठनका साथै बौद्धिक क्रियाकलापमा समेत मन लाग्नेछ। महिनाको उत्तरार्धमा रोकिएका काम बन्नुका साथै आकस्मिक लाभको योग छ।
• धनु राशि – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे (Sagittarius) : –
आँटेका काममा अनायासै नसोचेका समस्या आइपर्ने देखिन्छ। कार्यव्यस्तता बढेर जाने शारीरिक ताप केही बढी नै पर्ने छ। सामान्य अस्वस्थताको योग रहेकाले खानपानमा विचार पु¥याउनुपर्नेछ । ठूला लगानी एवं लेनदेनसम्बन्धी कारोबार नगर्दा नै राम्रो होला। घरायसी चिन्ताले केही बढी नै सताउला। पठनपाठनमा बाधाअड्चन आइपर्नेछन् । महिनाको उत्तरार्धमा धनागमका साथै मनोरञ्जनका अवसर मिल्ने छन्।
• मकर राशि – भो, ज, जि, खि, खु, खे, खो, गा, गि (Capricorn) : –
गर्न आँटेका काममा ढिलासुस्ती एवं बाधाअड्चन आइपर्नेछन्। आर्थिक क्रियाकलापमा सावधानी अपनाउनुपर्ने छ । शारीरिक एवं मानसिक परिश्रम केही ज्यादा नै पर्न जाने देखिन्छ। धार्मिक एवं सामाजिक काममा अभिरुचि लाग्नेछ। पठनपाठनमा राम्रो सफलता मिल्नेछ। घरायसी खर्चको मात्रा केही बढेर जाला। दाम्पत्य सम्बन्धमा विश्वासको अभाव देखा पर्ला। महिनाको उत्तरार्धमा रमाइलो यात्राको सम्भावना देखिन्छ।
• कुम्भ राशि – गु, गे, गो, सा, सि, सु, से, सो, द (Aquarius) : –
उच्च मनोबलका साथ कार्यक्षमतामा समेत उल्लेख्य वृद्धि भएर जानेछ। प्रतिस्पर्धामा सफलताको सम्भावना रहेको छ। धार्मिक एवं सामाजिक क्षेत्रका काममा अभिरुचि लाग्नेछ। नयाँ आम्दानीका स्रोतहरू प्राप्त हुनाले आर्थिक पक्ष बलियो भएर जाला। साथीहरूसँगको रमाइलो भेटघाटका साथै मनोरञ्जनका अवसर मिल्नेछन्। सामान्य चोटपटकको सम्भावना रहेकाले यात्रा एवं सवारी चलाउँदा सावधानी अपनाउनुपर्ला।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
आकस्मिक यात्राको सम्भावना रहेको छ। सामान्य विवादको योग रहेकाले बालीचालीमा विचार पु¥याउनुहोला। प्रतिस्पर्धामा सफलताको सम्भावना देखिन्छ। लेनदेनसम्बन्धी कारोबारमा भने अलि होसियारी अपनाउनुपर्ला। पठनपाठनमा अनावश्यक बाधाअड्चन देखापर्नेछन्। सुखद पारिवारिक भेटघाटको अवसर मिल्नेछ। व्यर्थको दौडधुपले शारीरिक परिश्रम केही बढी नै पर्न जाने छ। महिनाको उत्तरार्धमा आकस्मिक लाभ एवं मनो र ञ्जनका अवसर मिल्ने छन् ।