डलरको मूल्य शुक्रबार घट्यो ! कतिमा झर्यो ?

काठमाडौं,  नेपाल राष्ट्र बैँकले शुक्रबारको लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । अमेरिकी डलर एकको खरिदमा १३२ रुपैयाँ १३ पैसा र बिक्रीमा १३२ रुपैयाँ ७३ पैसा तोकिएको छ ।  बिहिबारको तुलनामा डलरको विनिमय दर केहि कम भएको हो।

युरोपियन युरोको खरिद १४० रुपैयाँ ७४ पैसा र बिक्रीमा १४१ रुपैयाँ ३८ पैसा र अष्ट्रेलियन डलरएकको खरिदमूल्य ८९ रुपैयाँ ६ पैसा र बिक्रीमूल्य ८९ रुपैयाँ ४७ पैसा तोकिएको छ ।

त्यस्तै, साउदी अरेवियन रियाल एकको खरिददर ३५ रुपैयाँ १३ पैसा र बिक्रीमा ३५ रुपैयाँ २९ पैसा, कतारी रियाल एकको खरिदमा ३६ रुपैयाँ १६ पैसा र बिक्रीमा ३६ रुपैयाँ ३२ पैसा, मलेसियन रिंग्गेट एकको खरिदमूल्य २९ रुपैयाँ ८६ पैसा र बिक्रीमूल्य ३० रुपैयाँ रहेको छ ।

यसैगरी साउथ कोरियन वन १०० को खरिदमा १० रुपैयाँ ३५ पैसा र बिक्रीमा १० रुपैयाँ ३९ पैसा, हङकङ डलर एकको खरिदमा १६ रुपैयाँ ९५ पैसा र बिक्रीमा १७ रुपैयाँ ३ पैसा, कुवेती दिनार एकको खरिददर ४३१ रुपैयाँ ५७ पैसा र बिक्रीमा ४३३ रुपैयाँ ५३ पैसा र बहराइन दिनार एकको खरिदमा ३५० रुपैयाँ ४६ पैसा र बिक्रीमा ३५२ रुपैयाँ ५ पैसा रहेको छ ।

प्रकाशित : शुक्रबार, पुष ०८, २०७९११:२९

आफ्नो मत ब्यक्त गर्नुहोस् :

चार्ल्स शोभराजलाई देश निकाला, कहिल्यै नेपाल फर्किन नपाउने !