घट्यो सुनको मूल्य, आज सुन यस साताकै सस्तो !

काठमाडौँ – नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। साताको पहिलो दिन देखि नै लाग्दै आएको सुनको मूल्य साताको अन्तिम दिन आज शुक्रबार घटेको हो।

नेपाल सुन चाँदी व्यवसायी महासंघका अनुसार नेपाली बजारमा छापावाला सुनको मूल्य तोलामा १ हजार २ सय रुपैंयाँले बढेको छ। आज छापावाला सुन १ लाख ३ सय रुपैंयाँमा कारोबार भइरहेको छ।

त्यस्तै आज तेजाबी सुनको मूल्य पनि तोलामा १ हजार २ सय रुपैंयाँले नै बढेको छ। नेपाली बजारमा आज तेजाबी सुन प्रतितोला ९९ हजार ८ सय रुपैंयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

यस साता सुनको मूल्य

यस साता छापावाला सुन १ लाख ३ सय देखि १ लाख १ हजार ५ सय रुपैंयाँ सम्ममा कारोबार भयो। त्यस्तै तेजाबी सुन भने ९९ हजार ८ सय देखि १ लाख १ हजार सम्ममा कारोबार भयो। आज कायम भएको सुनको मूल्य यस साताकै सस्तो हो।

चाँदीको मूल्य

आज सुन मात्र नभई नेपाली बजारमा चाँदीको मूल्य पनि घटेको छ। आज चाँदीको मूल्य तोलामा १५ रुपैयाँले घटेको छ । महासंघका अनुसार बिहिबार तोलामा १४ सय ५ रुपैयाँ रहेकाे चाँदी आज तोलामा १३ सय ९० रुपैयाँमा काराेबार भइरहेकाे छ ।

प्रकाशित : शुक्रबार, पुष ०८, २०७९११:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

डलरको मूल्य शुक्रबार घट्यो ! कतिमा झर्यो ?