लिङ्देनको सुझाव – कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा देशलाई राम्रो

काठमाडौँ – राष्ट्रिय प्रजातन्त्र पार्टी(राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपाली कांग्रेस र नेकपा एमालेलाई मिलेर सरकार बनाउन सुझाव दिएका छन्। बिहिबार संसदमा सपथ लिएपछि लिङ्देनले संचारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस र एमाले मिलेर सरकार बनाउनु पर्ने बताएका हुन्।

लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने आफूहरुको चाहना रहेको बताए। दुई पार्टी मिलेर सरकार बनाउँदा देशल स्थायित्व पाउने लिङ्देनको भनाई छ। कांग्रेस र एमाले मिलेर सरकार बनाउँदा आफूहरु प्रतिपक्षमा बस्ने लिङ्देनले बताए।

“हाम्रो चाहना कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहना छ। स्थायी सरकार हुन्छ। ५ वर्ष ढुक्कै हुन्छ। हामी प्रतिपक्षमा बस्छौं।”,लिङ्देनले पत्रकारहरुसँग कुराकानी गर्नेक्रममा भने।

त्यसक्रममा लिङ्देनले सरकारमा जनैपर्ने अवस्था आएको खण्डमा औचित्य हेरेर मात्र छलफल अगाडी बढाउने पनि बताए। यधपी मन्त्री पदकै लागि भने सरकारमा नजाने लिङ्देनको भनाई छ।

उनले भने,”राप्रपाको भूमिका देखिने भो र आवश्यक्ता भयो भने छलफल गर्छौं। सरकारा निर्माण र मन्त्री पदका लागि कसैलाई समर्थन गर्दैनौं।”

प्रकाशित : बिहिबार, पुष ०७, २०७९१६:०८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

राष्ट्रपतिमा माधव नेपालका नाम ‘इन्ट्री’