काठमाडौं, वबहारमा रहेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव रहेको छ ।मौसम पूर्वानुमान महाशाखाका अनुसार आज मुलुकका पहाडी भेगका केही क्षेत्रमा वर्षा र उच्च पहाडी क्षेत्रमा हिमपातको सम्भावना छ ।
दिउँसो प्रदेश १ का पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश १, बागमती र गण्डकीका उच्च पहाडी भूभागका एक-दुई स्थानमा हल्का हिमपातको पनि आकलन महाशाखाले गरेको छ ।
राति प्रदेश १ का उच्च पहाडी तथा हिमाली भूभागको एक-दुई स्थानमा हल्का हिमपातको पनि सम्भावना रहेको छ । बुधबार प्रदेश १ मा आंशिकदेखि सामान्य बदली हुनेछ भने बागमती र गण्डकीमा आंशिक बदलीको सम्भावना छ ।