एजेन्सी- बलिउडका अभिनयको बहुमुखी अभिनेता नवाजुद्दीन सिद्दिकीले शनिबार इन्स्टाग्राममा आफ्नो आगामी फिल्म ‘हड्डी’ को नयाँ लुक सार्वजनिक गरेका छन्। फिल्ममा नवाजुद्दीन तेस्रो लिङ्गी भूमिकामा देखिनेछन्। ‘हड्डी’ फिल्मका नवाजको यो लुकमा अनौठो देखिएका छन्। उनका फ्यान पनि उनलाई यो रुपमा देखेर छक्क परेका छन् ।
फिल्म ‘हड्डी’ अर्को वर्ष रिलिज हुँदैछ। नवाजुद्दीन सिद्दिकीले आफ्नो आधिकारिक इन्स्टाग्राम अकाउन्टबाट यो तस्बिर सेयर गरेका हुन् । तस्बिरमा नवाजुद्दीनले निधारमा रातो टिका, रातो रेशमी साडी लगाएका छन्।
उनले सेतो नेक:-लेस र झुम्काको साथ मेकअपले आफ्नो लुकलाई पुरा गरेका छन्। उनले कपाल मार्फत पनि आफूलाई फरक देखाउने प्रयास गरेका छन्। यो तस्बिर सार्वजनिक गर्दै नवाजुद्दीनले काव्यात्मक शैलीमा लेखेका छन्, हामी तिम्रो नजरमा मोहित हुने छौँ, हाम्लाई बाँच्नु छैन तर पनि बाँचिरहेका छौँ।
नवाजुद्दीनको फिल्मको यो रुप देखेर उनका फ्यानहरुले लाइकको वर्षात गर्नुको साथै कमेन्ट मार्फत तारिफ गरिरहेका छन्। एक फ्यानले लेखेका छन्, ‘कोही कसरी यति बहुमुखी हुन सक्छ’। अर्का फ्यानले लेखेका छन्, ‘तिमी साँच्चै एक लि:जेन्ड हौ, बलिउडको इतिहासमा सबैभन्दा ठूलो प्रतिभा हो’। फिल्म हड्डीको फर्स्ट लुक पोस्टर हेरेर धेरैले नवाजलाई अर्चना पूरन सिंह जस्तो देखिएको बताएका छन्।