काठमाडौँ – पूर्वराष्ट्रपति डा.रामवरण यादवले राजनीतिक रूपमा अनुभवीर संविधान बुझेको मान्छे राष्ट्रपति हुँदाराम्रो हुने धारणा व्यक्त गरेका छन्। नेपाल पत्रकार महासंघ प्रतिष्ठान प्रदेश समितिको साधारणसभा उद्घाटन कार्यक्रमपछि सञ्चारकर्मीसँग अनौपचारिक कुराकानीका क्रममा उनले यस्तो धारणा राखेका हुन्। यो समाचार नागरिक दैनिकमा प्रकाशित छ।
हालै दुई चरणको निर्वाचन सम्पन्न भई नयाँ राष्ट्रपतिको चयन प्रक्रियामा गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने चर्चा चलिरहेका बेला पूर्वराष्ट्रपति यादवको यस्तो धारणा आएको हो। उनले हाल मुलुकले प्राप्त गरेका उपलब्धिलाई जगेर्ना गर्दै अघि बढ्नका लागि राजनीतिक दलहरूमा मेलमिलापको आवश्यकता रहेको पनि बताए।
गैरराजनीतिक व्यक्तिलाईराष्ट्रपति बनाउन कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले नै पहल गरिरहेको विषय सार्वजनिक भइरहेका बेला देउवा निकट मानिने पार्टी उपसभापति पूर्णबहादुर खड्काले भने यस विषयमा पार्टीले कसैसँग सम्झौता गर्न नहुने धारणा व्यक्त गरेका छन्। उपसभापति खड्काले शनिबार सामाजिक सञ्जाल ट्विटरमा लेखेका छन्, ‘राष्ट्रपति को बन्ने भन्ने चर्चाले गम्भीर बनायो ? मेरो प्रस्ट धारणा छ,राष्ट्रपति देश, जनतार संविधानसभाले बनाएको संविधानप्रति दिलदिमागदेखि नै पूर्ण रूपमा प्रतिबद्ध भएको व्यक्ति बन्नुपर्छ।’
‘यो कुरामा कांग्रेसले कसैसँग सम्झौता गर्न सक्दैनर गर्नुहुँदैन,’ उपसभापति खड्काले भने । गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति चयन गर्ने विषयमा कांग्रेसको शीर्ष तह नै एकमत हुन नसकेको प्रस्ट देखिन्छ।
राष्ट्रपति बन्नका लागि राजनीतिक नेतृत्वभित्रैबाट कांग्रेसका नेताहरू रामचन्द्र पौडेल, कृष्ण सिटौला, गोपालमान श्रेष्ठ तथा एकीकृत समाजवादीबाट झलनाथ खनालर माओवादीको कोटामा नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई, लोकतान्त्रिक समाजवादी पार्टीबाट महन्थ ठाकुरसहितका नेताहरूले इच्छा व्यक्त गरिरहेका बेला गैरराजनीतिक व्यक्तिलाई राष्ट्रपति बनाउने प्रयास भइरहेको कुरा बाहिरिएको हो।
विशेष गरी पहिलो संविधानसभा विघटनको आदेश दिएर मन्त्रिपरिषद्को अध्यक्ष बनेका तत्कालीन प्रधानन्यायाधीश खिलराजरेग्मी, अनुराधा कोइराला, पूर्वसभामुख दमनाथ ढुंगानालगायत व्यक्तिलाई राष्ट्रपति बनाउने विषयमा छफफल भइरहेको र त्यसमा मुलुकको आन्तरिक भन्दा पनि बाह्य स्वार्थले काम गरिरहेको बताइन्छ। बहुदलीय व्यवस्थामा गैरराजनीतिक नेतृत्वले चुनावी सरकारको नेतृत्व गरेको विषयलाईराजनीतिक दलका नेताहरूले नेपालको इतिहासमा दोहोरिन नहुने गल्तीका रूपमा अथ्र्याउने गरेका छन्।
स्थानीय तहर संसदीय निर्वाचनलगत्तै सरकारको नेतृत्व र राष्ट्रपतिसहित राज्यका महत्वपूर्ण निकायमा नियुक्तिको विषयलाई दलहरूले प्याकेजमै टुंग्याउने भनिरहेका बेला गैरराजनीतिक व्यक्तिलाई राष्ट्रप्रमुख बनाउने विषयमा छलफल सुरु भएको कुरा सार्वजनिक भएको हो। सत्ता स्वार्थका लागि राष्ट्रप्रमुख जस्तो महत्वपूर्ण पदमा समेत राष्ट्रिय हित बाझिने गरी बाह्य स्वार्थमा गैरराजनीतिक व्यक्तिलाई चयन गर्ने तयारी भइरहेको भन्दै यस विषयमा चौतर्फी विरोधर आलोचना भइरहेको छ। ‘पत्रकारिता संकुचन बनाउने प्रयास भइरहेको छ’