काठमाडौँ : नववर्ष सन् २०२३ ले धेरै राशिका लागि खुशीको वहार लिएर आउनेछ भने केही राशिले नयाँ वर्षमा समस्याको सामना गर्नुपर्नेछ। सन् २०२३ मा ग्रह-नक्षत्रको स्थितिले केही राशिका जातकलाई नराम्ररी प्रभावित पार्नेछ। ज्योतिषीय गणना अनुसार नयाँ वर्ष सन् २०२३ मा ग्रह-नक्षत्रको स्थितिको कारण केही राशिका जातकहरुले सावधानी अपनाउनु पर्ने देखिन्छ। जान्नुहोस् यी राशिका बारेमा : –
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –
नयाँ वर्ष २०२३ मा वृष राशिका व्यक्तिहरुले सावधानी अपनाउनु पर्ने देखिन्छ। यो वर्ष तपाईको स्वास्थ्य नराम्ररी प्रभावित हुन् सक्छ। दाम्पत्य जीवनमा समस्याको सामना गर्नु पर्नेछ। भावनामा बगेर कुनै पनि निर्णय नलिनुहोला। कामको व्यस्तता बढ्नेछ। आर्थिक क्षेत्रमा समस्या आउनेछ।
• सिंह राशि – मा, मि, मु, मे, मो, टा, टि, टु, टे (Leo) : –
सन् २०२३ मा सिंह राशिका व्यक्तिहरुलाई सावधान रहन सल्लाह दिइन्छ। ज्योतिषीय गणना अनुसार नयाँ वर्षमा जीवनसाथीको स्वास्थ्यलाई लिएर मानसिक तनाव हुन सक्छ। आर्थिक स्थितिमा नकारात्मक असर पर्नेछ। अनावश्यक खर्चले सताउनेछ। कसैलाई विश्वास गर्नु अघि राम्ररी सोच्नुहोस्।
• कन्या राशि – टो, प, पि, पु, ष, ण, ठ, पे, पो (Virgo) : –
नयाँ वर्ष २०२३ मा कन्या राशिका व्यक्तिहरूलाई गोप्य शत्रुले सताउन सक्छ। कुनै दीर्घरोगले सताउन सक्ने हुनाले सन् २०२३ मा थप सावधानी अपनाउनुपर्नेछ। दाम्पत्य जीवनमा उतारचढाव आउन सक्छ। आर्थिक समस्याको सामना गर्नु पर्नेछ। ऋण लिनबाट बच्नुहोस्।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –
मीन राशिका जातकका लागि सन् २०२३ कष्टकारी साबित हुन् सक्छ। १७ जनवरी सन् २०२३ देखि मीन राशिमा शनिको साढेसातीको पहिलो चरण सुरु हुनेछ। यस अवधिमा तपाईले आर्थिक, मानसिक र शारीरीक समस्याको सामना गर्नुपर्नेछ। अनावश्यक खर्चले मन खिन्न रहनेछ । कार्यस्थलमा समस्या पर्नेछ। सम्बन्धमा मतभेद आउन सक्छ।