धन लाभको लागि आज पूर्णिमाको दिन गर्नुहोस् यस्ता उपाय, हुनेछ धन वर्षा !

धार्मिक मान्यता अनुसार पूर्णिमाको धेरै महत्त्व छ । पूर्णिमाको दिन भगवान विष्णु र माता लक्ष्मीको विशेष पूजा गरिन्छ। माता लक्ष्मीलाई धनकी देवी भनिन्छ। माता लक्ष्मी र भगवान विष्णुको कृपाले आर्थिक समस्याबाट मुक्ति मिल्ने मान्यता रहेको छ। मार्गशीर्ष महिनाको पूर्णिमा मंसिर २२ गते परेको छ। यस दिन केही उपाय गर्नाले आर्थिक पक्ष बलियो हुन्छ।

चन्द्रमालाई अर्घ्य दिनुहोस् 

पूर्णिमाको दिन गाईको काँचो दूधमा चिनी र चामल मिसाएर चन्द्रमालाई अर्घ्य दिनुहोस्। धार्मिक मान्यता अनुसार यसो गर्नाले आर्थिक समस्या हट्छ । लक्ष्मी र भगवान विष्णुको पूजा गर्नुहोस्

माता लक्ष्मी र विष्णुको पूजा गर्नुहोस्

पूर्णिमाको शुभ दिनमा भगवान विष्णु र माता लक्ष्मीको पूजा गर्नुहोस्। यस दिन माता लक्ष्मीलाई सुगन्धित धूप र गुलाबको फूल चढाउनुहोस्। यस उपायले माता लक्ष्मीको कृपाले तपाईको जीवनमा धन सम्बन्धी समस्या कहिल्यै आउँदैन।

हनुमानको पूजा

पूर्णिमाको दिन पवन पुत्र हनुमानको पूजा गर्नुहोस्। हनुमानको कृपाले सबै प्रकारका समस्याबाट मुक्ति मिल्नेछ। दैनिक हनुमान चालिसाको पाठ गर्नाले शुभ फल प्राप्त हुन्छ ।

यस शुभ समयमा पूजा गर्नुहोस्

ब्रह्म मुहूर्त – बिहान ०५:०४  देखि ०५:५९ सम्म, अभिजित मुहूर्त – बिहान ११:४३ देखि १२:२४ सम्म, विजय मुहूर्त – दिउसो ०१:४७ देखि ०२:२८ सम्म, गोधुली मुहूर्त – बेलुका ०५:११ देखि बेलुकी ५:३९ सम्म, अमृत ​​काल- बिहान ०९:०४ देखि १०:४८ सम्म, निशिता मुहूर्त बिहान ११:३७ देखि दिउसो १२:३१ सम्म

प्रकाशित : बिहिबार, मङि्सर २२, २०७९१०:५०

आफ्नो मत ब्यक्त गर्नुहोस् :

जीवनमा आउने संकटबाट मुक्त्ति पाउन शनिदेव र हनुमानलाई चढाउनुहोस् यी फूल, सजिलै मिल्नेछ छुट्कारा