बलिउड अभिनेत्री मलाइका आरोडा आज भोलि आफ्नो नयाँ शो ‘मुभिङ इन विथ मलाइका’ लाई लिएर चर्चामा छिन् । यो उनको टक शो हो, जसमा मलाइका आरोडा कार्यक्रममा अतिथिहरूसँग कुरा गर्छिन् र आफ्नो बारेमा धेरै खुलासा गरिरहेकी छिन्। ‘मुभिङ इन विथ मलाइका’ मा अहिलेसम्म फिल्मी स्टारहरु देखिएका छन्, जससँग कुरा गर्दै मलाइका आरोडाले आफ्नो व्यक्तिगत जीवनका बारेमा पनि खुलासा गरिरहेकी छिन् । अहिले उनले अभिनेता अर्जुन कपुरसँग विवाह र सन्तानको योजनाबारे धेरै कुरा गरेकी छिन् । जुन सामाजिक सञ्जालमा चर्चाको विषय बनेको छ।
मलाइका आरोडा र अर्जुन कपुर लामो समयदेखि एक-अर्कालाई डेट गरिरहेका छन् । दुवैले सधैँ आफ्नो सम्बन्धको बारेमा खुलेर कुरा गर्दै आएका छन् । अभिनेत्रीले ‘मुभिङ इन विथ मलाइका’ मा कोरियोग्राफर फराह खानसँग अर्जुन कपूरसँग विवाह र बच्चाको योजनाबारे कुरा गरेकी थिइन्।
उनले अर्जुन कपुरसँग आफू निकै खुसी रहेको र यो सम्बन्धमा आफूलाई मानिसहरुले दिएको नराम्रा टिप्पणीको कुनै वास्ता नभएको बताएकी छिन् । मलाइका अरोराले भनिन्, ‘हामीले यस विषयमा कुरा गरेका छौँ । मलाई लाग्छ कि म सम्बन्धमा एक राम्रो व्यक्तिसँग छु।
अभिनेत्रीले थप भनिन्, ‘खुसी हुन चाहनेले यो निर्णय लिएकी हुँ । आज जो मेरो जीवनमा छ, उसले मलाई खुसी बनाउँछ। मानिसहरु के सोच्छ मलाई मतलब छैन। यस बाहेक मलाइका अरोराले अन्य धेरै काम गरिसकेकी छिन् । अभिनेता अरबाज खानसँग डिभोर्स गरेपछि मलाइका आरोडाले अर्जुन कपूरलाई डे:-ट गरिरहेकी छिन् । मलाइका अरोरा र अर्जुन कपुर सन् २०१९ देखि प्रेम सम्बन्धमा रहेका छन् ।