कमल थापाको पार्टीलाई समानुपातिकतर्फ कुन प्रदेशमा कति मत ?

काठमाडौं –  कमल थापाको नयाँ पार्टी राप्रपा नेपालले प्रतिनिधिसभाको समानुपातिकतर्फ १२ हजार २६४ मत पाएको छ । राष्ट्रिय पार्टी बन्नबाट वञ्चित रहेको राप्रपा नेपालले प्रदेश सभातर्फ भने मत बढाएको देखिन्छ । उक्त पार्टीले प्रदेश नम्बर १ मा ३,३९१ मत पाएको छ ।

बागमती प्रदेश सभामा समानुपातिकतर्फ ५६७५ मत प्राप्त गरेको छ । मधेश प्रदेशमा ६,५२२ मत ल्याएको छ । यस्तै गण्डकीमा ९०५ मत पाएको राप्रपा नेपालले लुम्बिनी प्रदेशमा भने ३,३४९ मत प्राप्त गरेको छ । यसै गरी कर्णाली प्रदेशमा ६०६ मत र सुदूरपश्चिम प्रदेशमा १,२३९ मत ल्याएको छ ।

स्याङ्जा २ मा धनराजलाई ६ हजार मतको अग्रता

स्याङ्जा प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले मतान्तर फराकिलो बनाउँदै लगेको छ । कांग्रेसका उम्मेदवार धनराज गुरुङ र  एमाले उम्मेदवार पद्मा अर्यालबीचको मतान्तर ६ हजार ५४ रहेको छ । गुरुङले २९ हजार ३३ मत ल्याउँदा अर्याल २२ हजार ९७९ मतसहित पछ्याइरहेकी छन्। राष्ट्रिय स्वतन्त्र पार्टीका टीकराज गुरुङले सात हजार ६६२ मत पाएका छन् ।

प्रकाशित : शनिबार, मङि्सर १७, २०७९१८:१८

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एक्लो विद्यार्थी पढाउँदै एक्ली शिक्षिका