रौतहट, रौतहटको गौर नगरपालिका ५ स्थित बरहवा पुल इलाकाबाट मंसिर १४ गते सशस्त्र प्रहरीले ११ लाख ३९ हजार ८ सय नेपाली रुपैयाँसहित दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा रौतहट जिल्लाको गढीमाई नगरपालिका ४ संग्रामपुर बस्ने २९ वर्षीय राजु कुमार यादव र सोही नगरपालिका ९ बरियारपुर बस्ने ३३ वर्षीय राजेश प्रसाद यादव छन् ।
विशेष सूचनाको आधारमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ११ गण रौतहटले प्रदेश ३–०२–०१३ प ४९५६ नम्बरको मोटरसाइकलमा भारतबाट नेपालतर्फ आउँदै गरेका उनीहरुको साथमा फेला पारेको उल्लेखित रुपैयाँको श्रोत खुलाउन नसकेपछि नियन्त्रणमा लिएको हो । उनीहरूलाई बरामद रुपैयाँ तथा मोटरसाइकलसहित आवश्यक कारबाहीको लागि भन्सार कार्यालय गौरमा बुझाइएको सशस्त्र प्रहरीले जनाएको छ ।
भन्सार छलीको लाखौ रुपैयाको मालसमान पक्राउ
महोत्तरीमा प्रहरीले भन्सार छली गरेर नेपाल भित्र्याएको मोटरसाइकल र विभिन्न सामानहरु बरामद गरेको छ । आज जिल्लाको सम्सी गाउँपालिका र औरही नगरपालिकामा भारतवाट ल्याइएको ८ लाख ५४ हजार वरावरको मालसामान बरामद गरेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
बेवारिसे अवस्थामा ज १५ प १५७५ नम्बरको मोटरसाइकल र अर्को नम्बर प्लेट नभएको २ वटा मोटरसाइकल, खाध्यन्न समाग्री गरि उक्त मुल्यको सामाग्री बरामद गरेको प्रहरी नायव उपरीक्षक सन्तोष पोखरेलले बताए । भन्सार छलीको सवै सामान थप अनुसन्धानको लागी भन्सार कार्यालय जलेश्वर स्थित मालिवारा पठाइएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।