काठमाडौँ : ज्योतिष शास्त्रमा कुण्डलीमा रहेका ग्रहहरूको चालमा हुने परिवर्तनले कुन-कुन राशिमा कति दिनसम्म प्रभाव पार्छ भन्नेबारे उल्लेख गरिएको छ। यी सबै विषयहरुका बारेमा विस्तृतमा वर्णन गरिएको छ। ग्रहहरूको अद्भुत संयोजनको कारण केही राशिहरूमा योग बन्ने गर्दछ। ग्रह गोचरको क्रममा बनेका यी योगहरु महत्त्वपूर्ण हुन्छन्। ग्रह गोचरको अर्थ कुनै एक राशिबाट ग्रह निक्लिएर अर्को राशिमा प्रवेश गर्नुलाई मानिन्छ। मङ्सिर १७ गते शनिबार बुध ग्रह धनु राशिमा गोचर गर्दैछ। बुध ग्रह धनु राशिमा प्रवेश गर्दा भद्रराज योग निर्माण हुन्छ। ज्योतिषीहरुका अनुसार बुध ग्रहको यो भद्र राजयोगले कुन-कुन राशिलाई फाइदा दिन्छ त ?
• मिथुन राशि – का, कि, कु, घ, ङ, छ, के, को, ह (Gemini) : –

धनु राशिमा बुधको गोचरका कारण मिथुन राशिका व्यक्तिहरुलाई लाभ मिल्नेछ। ज्योतिष शास्त्रका अनुसार मिथुन राशिका व्यक्तिहरुलाई यस अवधिमा सफलता मिल्नेछ। प्रेम सम्बन्धमा आउने नकारात्मकता हटेर प्रेम सम्बन्ध बलियो हुनेछ। यदि विवाहको लागि वर या कन्याको खोजीमा हुनुहुन्छ भने त्यो छिट्टै पूरा हुनेछ। राम्रो कुल खानदानको घरबाट विवाहको प्रस्ताव प्राप्त हुनेछ।
• वृष राशि – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो (Taurus) : –

वृष राशिका व्यक्तिहरुलाई बुधको धनु राशिमा प्रवेशले लाभ मिल्नेछ। वृष राशिका व्यक्तिहरुको करियरमा प्रगति हुनेछ। यसका साथै यस राशिका मानिसहरुका लागि आर्थिक लाभको प्रबल सम्भावना रहेको छ। सन्ततिहरुदेखि निराश हुनुहुन्छ भने कुनै शुभ समाचार प्राप्त हुन् सक्छ।
• मीन राशि – दि, दु, थ, झ, ञ, दे, दो, च, चि (Pisces) : –

धनु राशिमा बुधको प्रवेश मीन राशिका लागि लाभदायक साबित हुनेछ। मीन राशिका व्यक्तिहरूले संयोगवश विदेश यात्रा गर्नु पर्ने देखिन्छ। व्यापारी वर्गलाई लाभ प्राप्त हुनेछ। रोजगारीका क्षेत्रमा सफलता मिल्नेछ। दाम्पत्य जीवनमा मधुरता आउनेछ।
