एजेन्सी- बलिउडमा हामीले दिनहुँ जस्तो कलाकारहरुको विवाह भएको भने केहीले सम्बन्ध विच्छेद गरेको खबर सुन्न सकिन्छ। तर केही अभिनेत्रीहरु यस्ता छन् जसले सानै उमेरमा आफ्नो जीवनसाथी गुमाएका छन्। रेखादेखि विजया पण्डित र मन्दिरा बेदीजस्ता चर्चित अभिनेत्रीहरूले आफ्ना श्रीमान् गुमाएका छन्। यस पोस्ट मार्फत हामी केही यस्ता अभिनेत्रीहरूको बारेमा कुरा गर्दैछौं जसले कम उमेरमा आफ्नो जीवनसाथी गुमाएका छन्।
रेखा
रेखाले ३६ वर्षको उमेरमा श्रीमान गुमाउनु परेको थियो । सन् १९९० मा रेखाको विवाह दिल्लीका व्यापारी मुकेश अग्रवालसँग भएको थियो। बिहे गरेको ६ महिना नबित्दै यी दुईबिच मनमुटाब सुरु भएको थियो । दुवैले आपसी सहमतिमा छुट्टिने निर्णय गरेका गरे। तर त्यसअघि मुकेश अग्रवालले आत्महत्या गरेका थिए।
लीना चन्द्रावरकर
सन् १९७० को दशककी चर्चित अभिनेत्री लीना चन्द्रावरकर किशोर कुमारकी चौथी पत्नी थिइन्। दुईबिच २० वर्षको अन्तर थियो। किशोर कुमारको विवाहको सात वर्षपछि सन् १९८७ मा निधन भएको थियो। त्यति बेला उनको उमेर ३७ वर्ष थियो।
मन्दिरा बेदी
शान्ति सिरियलमा मुख्य भूमिकाबाट दर्शकको मनमा स्थान बनाएकी मन्दिरा बेदी ग्ल्या:-मरको दुनियामा निकै चर्चित छिन् । अभिनेत्रीले सन् १९९९ मा निर्माता राज कौशलसँग विवाह गरेकी थिइन् । विवाहको १२ वर्षपछि उनले छोरालाई जन्म दिइन् । छोरा जन्मेको ९ वर्षपछि उनले छोरी तारा कौशललाई पनि धर्मपुत्रीको रुपमा लिएकी थिइन्। सन् २०२१ मा, अभिनेत्रीलाई उनको जीवनको सबैभन्दा ठूलो झटका लाग्यो जब उनको श्रीमान् २०२१ जुनमा हृदयघातबाट मृत्यु भयो।
विजया पण्डित
विजया पण्डित प्रसिद्ध सङ्गीतकार आदेश श्रीवास्तवकी पत्नी हुन्। सन् १९८० को दशककी चर्चित अभिनेत्री विजयाले समीर मल्कनसँग विवाह गरेकी थिइन् । पछि दुवैको सम्बन्धविच्छेद भयो । सन् १९८१ मा फिल्म लभ स्टोरीबाट डे:ब्यु गरेकी अभिनेत्रीले सङ्गीतकार आदेश श्रीवास्तवसँग विवाह गरिन् । दुबैका अनिवेश र अवितेश नामका दुई छोरा छन् । आदेश श्रीवास्तवको सन् २०१५ मा निधन भएको थियो । त्यसपछि विजेया लगभग ४८ वर्षकी थिइन्।