एजेन्सी- अहिले दक्षिण भारतको फिल्मले भारतमा तहल्का मच्चाइरहेको छ । जताततै उनीहरुको मात्रै चर्चा हुन्छ । साउथ फिल्मका अभिनेत्रीहरु पनि कम चर्चित छैनन् । लोकप्रियताको हिसाबले धेरै अभिनेत्रीहरूले बलिउड सुन्दरीहरूलाई पनि पछि पार्छन्। यी सुन्दर साउथ अभिनेत्रीहरु आफ्नो अभिनय र स्टाइलका कारण चिनिन्छन् तर केही शीर्ष अभिनयको साथै धेरै पढेका छन्। साउथ सिनेमाका चर्चित अभिनेत्रीहरुको शैक्षिक योग्यता हेरौँ । कसले कति पढेको छ ?
साई पल्लवी
साउथ फिल्मकी चर्चित अभिनेत्री साई पल्लवीले एमबीबीएससम्म पढेकी छिन् । साईले टिबिलिसी स्टेट मेडिकल युनिभर्सिटीबाट मेडिकल शिक्षा पढेकी छन् । साई फिदा, मारी २, गार्गी जस्ता उत्कृष्ट फिल्ममा काम रहेकी छिन् ।
त्रिशा कृष्णा
हालै फिल्म ‘पोन्नियिन सेल्वन’ मा देखिएकी साउथ सिनेमाकी चर्चित अभिनेत्री त्रिशा कृष्णनले पनि धेरै पढेकी छिन् । त्रिशाका धेरै फ्यानहरूलाई थाहा नहुन सक्छ कि उनीले बीबीए डिग्री गरेकी छिन् ।
तापसी पन्नु
तापसी पन्नु साउथ फिल्मकी चर्चित अभिनेत्री हुन् । अहिले तापसीले बलिउडमा पनि आफ्नो विशेष पहिचान बनाएकी छिन् । तपसी पन्नु कम्प्यूटर इन्जिनियर हुन् तर उनले अभिनयलाई करियरको रुपमा रोजेकी छिन् ।
सामन्था अक्किनेनी
दक्षिनण भारतीय फिल्मसँगै हिन्दी दर्शकमाझ पनि लोकप्रिय भएकी अभिनेत्री सामन्था अक्किनेनी आफ्नो अभिनयका साथसाथै पोसाकको कारण पनि चर्चामा रहन्छिन् । सामन्था पनि शिक्षित छिन् । उनले वाणिज्य संकायबाट स्नातक गरेका छन् ।
काजल अग्रवाल
दक्षिण भारतीय चलचित्र क्षेत्रको चर्चित अभिनेत्री काजल अग्रवालले मास मिडियामा स्नातकोत्तर गरेकी छिन् । काजलले मार्केटिङ र विज्ञापनमा विशेषज्ञता हासिल गरेकी छिन् । काजलले साउथसँगै धेरै बलिउड फिल्ममा पनि काम गरिसकेकी छिन् ।