भैरहवा, रुपन्देही ३ गृहमन्त्री तथा नेपाली कांग्रेसका नेता बालकृष्ण खाँण राप्रपाका नेता दीपक बोहरालाई पछ्याइरहेका छन् ।८४ हजार ७४ मतगणना हुँदा १८ सय ४२ मतले बोहरा अगाडि छन् ।
सुरुवाती चरणमा अग्रता कायम गरेका खाँण शुक्रबारदेखि पछाडि पर्दै आएका हुन् । खाँणले ३१ हजार ६ मत प्राप्त गर्दा बोहराले ३२ हजार ८ सय ४८ मत प्राप्त गरेका छन् ।
३६ वटा वडा रहेको निर्वाचन क्षेत्र नम्बर ३ मा ३३ वडाको मतगण्ना सकिएको छ भने अब सियारीको २, ३ र ६ नम्बर वडाको ९ हजार ४ सय ९३ मत गणना भइरहेको छ ।