सुजता कोइराला निरन्तर पछाडी, कम्ब्याकको देखिएन संकेत !

काठमाडौँ – मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेस निरन्तर पछि पर्दै गएको छ। मतगणनाको सुरुवात देखि नै सो क्षेत्रमा पछि परिरहेको नेपाली कांग्रेस पछिल्लो मतगणनाका क्रममा पनि पछि नै परेको हो।

मोरङ क्षेत्र नम्बर २ मा नेपाली कांग्रेसले गठबन्धनको समर्थनमा सुजाता कोइरालालाई उम्मेदवारको रुपमा उठाएको छ। तर कोइराला निरन्तर पछि पर्दै गएकी छन्। उनले मतान्तर घटाउन खासै सकिरहेकी छैनन्।

कोइरालालाई नेकपा एमालेका ऋषिकेश पोखरेलले पछि पारिरहेका छन्। पोखरेल कोइराला भन्दा १ हजार १ सय ६२ मतले अगाडी रहेका छन्। पछिल्लो मतपरिणामका अनुसार पोखरेलले ३१ हजार ३ सय ६४ मत प्राप्त गर्दा कोइरालाले ३० हजार २ सय २ मत मात्र प्राप्त गरेकी छन्।

तेस्रो स्थानमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्र प्रसाद न्यौपाने रहेका छन्। उनले अहिले सम्म ४ हजार ५ सय ५२ मत मात्र प्राप्त गरेको अवस्था छ। सो क्षेत्रमा यस अगाडी नेपाली कांग्रेस विजयी भएको थियो।

प्रकाशित : शुक्रबार, मङि्सर ०९, २०७९१८:४३

आफ्नो मत ब्यक्त गर्नुहोस् :

७० वर्ष नाघेका वृद्ध यी उम्मेदवारहरुले जिते चुनाव, सबै भन्दा वृद्ध को ?