काठमाडौँ – पूर्वप्रधानमन्त्री झलनाथ खनाल इलाम क्षेत्र नम्बर १ मा पछि परेका छन्। मतगणनाको सुरुवात देखि नै पछि परिरहेका खनाल शुक्रबार सम्म पनि पछि परेका हुन्। सो क्षेत्रमा खनाललाई मतान्तर घटाउन हम्मे-हम्मे परिरहेको छ।
पछिल्लो मतपरिणाम अनुसार नेकपा एकीकृत समाजवादी पार्टीका सम्मानित नेता झलनाथ खनाल नेकपा एमालेका नेता महेश बस्नेत भन्दा १ हजार ५ सय भन्दा बढी मतले पछि रहेका छन्।
खनाललाई सुरुवाती अवस्थादेखि नै पछि पार्दै बस्नेतले अहिले १५ सय ४६ मतको अग्रता कायम राखेका छन्। बस्नेतले ११ हजार ३९४ मत प्राप्त गर्दा खनालले ९ हजार ८ सय ४८ मत प्राप्त गरेका छन्।
विवादका कारण सो क्षेत्रको मतगणना केहि समयका लागि स्थगित भएको थियो। तर मतगणना अहिले पुनः सुरु भइसकेको छ। अहिले सम्म सो क्षेत्रको २६ हजार ४२२ मतगणना भइसकेको बताइएको छ।