आगामी महिना यी राशिको जीवनमा हुनेछ धनको वर्षा, शुक्रदेवले दिनेछन् चौतर्फी लाभ !

ज्योतिषशास्त्रमा ग्रहहरुको राशि परिवर्तनको विशेष महत्व रहेको छ । सुख-सम्पत्ति र धनको कारक शुक्र ०५ डिसेम्बरमा धनु राशिमा प्रवेश गर्दैछ। ज्योतिषीय हिसाबले धनु राशिमा शुक्रको रशी परिवर्तनले धेरै रशिका जातिका लागि लाभदायक साबित हुनेछ। यी राशिका व्यक्तिहरूले करियर, व्यापार र आर्थिक क्षेत्रमा धेरै लाभ प्राप्त गर्नेछन्। जान्नुहोस् डिसेम्बर ५ तारिखमा शुक्रको राशि परिवर्तनले कुन-कुन राशिका लागि फाइदाजनक हुनेछ?

मेष राशि

मेष राशिका लागि शुक्र गोचर शुभ रहनेछ। यस अवधिमा विवाहितहरूलाई आफ्नो जीवनसाथीको पूर्ण सहयोग प्राप्त हुनेछ। प्रतिस्पर्धात्मक परीक्षाको तयारी गरिरहेका व्यक्तिहरूले शुभ समाचार प्राप्त गर्नेछन्। यस अवधिमा केही सफलता प्राप्त गर्न सकिनेछ।

कन्या राशि

कन्या राशिका लागि शुक्र गोचर शुभ रहनेछ । यस अवधिमा यस राशिका व्यक्तिको घरेलु जीवन सुखद रहनेछ। अभिभावकको सहयोग मिल्नेछ । यद्यपि यस अवधिमा खर्च बढ्नेछ। सुख सुविधामा खर्च गर्न सकिनेछ । आम्दानी बढ्नेछ ।

वृश्चिक राशि

वृश्चिक राशिका लागि शुक्र गोचर लाभदायी रहनेछ। यस समयमा पैसा बचत गर्न सक्षम हुनुहुनेछ। आर्थिक अवस्था मजबुत रहनेछ । विदेशी कम्पनीमा काम गर्ने स्वदेशीहरूले आफ्नो काममा सकारात्मक परिणाम प्राप्त गर्नेछन्।

धनु राशि

यो राशि परिवर्तन धनु राशिका मानिसहरूका लागि आर्थिक पक्षमा लाभदायक हुनेछ। आम्दानीमा वृद्धि हुने सम्भावना छ । करियरमा प्रगति हुनेछ । प्रेम जीवनमा सुधार आउनेछ। अविवाहितका लागि विवाहको प्रस्ताव आउन सक्छ। शुक्रको गोचरमा शुभ फल प्राप्त गर्न सकिनेछ।

मीन राशि

शुक्रको राशि परिवर्तनको कारण मीन राशि को लागी लाभदायक साबित हुनेछ। यस अवधिमा नयाँ कामको प्रस्ताव प्राप्त गर्नुहुनेछ। पेशा र व्यापारमा नयाँ उचाइ प्राप्त हुनेछ। सवारी साधन वा भवन किन्न सकिनेछ ।

प्रकाशित : बुधबार, मङि्सर ०७, २०७९१७:२१

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज बिहीबार भगवान विष्णुलाई प्रसन्न पर्न अवश्य गर्नुहोस् यस्ता उपाय, हुनेछ खुब आर्थिक लाभ !