काठमाडौँमा घन्टीको अर्को तहल्का, चौंथो जित सुनिश्चित !

काठमाडौँ – काठमाडौँको अर्को क्षेत्रमा पनि राष्ट्रिय स्वतन्त्र पार्टीको जित पक्का भएको छ। काठमाडौँको क्षेत्र नम्बर ६ मा राष्ट्रिय स्वतन्त्र पार्टीको जित पक्का भएको हो।

सो क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाल सुरुवात देखि नै अग्र स्थानमा रहँदै आएका छन्। उनले सुरुवात देखि नै नेकपा एमाले र नेपाली कांग्रेसका उम्मेदवारलाई पछि पार्दै एक छन्।

खनालले अहिले सम्म १३ हजार २ सय ८० मत प्राप्त गरिसकेका छन्। उनका निकटतम प्रतिद्वन्दी नेकपा एमालेका सर्वेन्द्र खनालले मात्रै ८ हजार ३ सय ७ मत प्राप्त गरेको अवस्था छ। दुई बीच ४ हजार ९ सय ७३ मतान्तर रहेको छ।

तेस्रो स्थानमा भीमसेनदास प्रधानको ८ हजार १ सय ३४ मत रहेको छ। सो क्षेत्रमा अब मात्रै २ हजार १ सय ८० मा गणना हुन बाँकी रहेको छ। मतगणना हुन बाँकी भन्दा मतान्तर बढी भएसँगै उनको जित सुनिश्चित भएको छ।

प्रकाशित : बुधबार, मङि्सर ०७, २०७९१३:५७

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमाले सचिव योगेश भट्टराई २०८ मतान्तरले विजयी