काठमाडौँ – मतगणनाको अन्तिम समयमा नेकपा एमालेका सचिव योगेशकुमार भट्टराई कम्ब्याक गरेका छन्। ताप्लेजुङमा सुरुदेखि नै निरन्तर पछि पर्दै आएका भट्टराईले अन्तिम समयमा कम्ब्याक गरेका हुन्।
मतगणना अन्तिममा पुग्दै गर्दा उनले अग्रता लिएका छन्। अहिलेको अवस्थामा योगेश २० हजार २७२ मत सहित शिर्ष स्थानमा रहेका छन्। उनले सत्ता गठबन्धनबाट नेकपा माओवादी केन्द्रका उम्मेदवार खेलप्रसाद बुढाक्षेत्रीलाई १३५ मतले पछि पारेका छन्।
उनलाई पछ्याइरहेका बुढाक्षेत्रीले २० हजार १३७ मत प्राप्त गरेको अवस्था छ। बताइएअनुसार योगेशकै क्षेत्र मानिने फुङलिङ नगरपालिकाका विभिन्न वडाहरुको मतगणना सुरु भएको छ।
फुङलिङ नगरपालिका ४, ५, ६, ७ र ८ नम्बर वडाको मतगणना गर्न बाँकी रहेको छ। यी सबै क्षेत्रमा नेकपा एमालेको राम्रो पकड रहेको बताउने गरिन्छ।