रामकुमारी झाँक्रीले हारिन्, विष्टले हाने ह्याट्रिक !

काठमाडौँ – गुल्मी क्षेत्र नम्बर २ बाट नेकपा एमालेका उम्मेदवार गोकर्ण विष्ट प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएका छन्। गठबन्धनको समर्थनमा रहेकी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार राम कुमारसी झाँक्रीलाई पछि पार्दै विश्व निर्वाचित भएका हुन्।

एमालेका उम्मेदवार विष्टले २८ हजार ४ सय ७६ मत प्राप्त गर्दा उनका निकटतम प्रतिद्वन्द्वी नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजवादी)की उम्मेदवार झाँक्रीले २६ हजार ४ सय ४२ मत प्राप्त गरिन्।

झाँक्री विश्व भन्दा २ हजार ३४ मतले पछि परिन्। यससँगै विष्टले ‘ह्याट्रिक’ गरेका छन्। यस अगाडी दुई पटक सांसद भइसकेका उनले तेस्रो पटक पनि जित्दै ह्याट्रिक पूरा गरेका हुन्।

उनले यसअघिका दुई निर्वाचनमा पनि जित हासिल गरेका थिए। २०७० सालको संविधान सभा र २०७४ सालको प्रतिनिधि सभा निर्वाचनमा विष्ट विजयी भएका थिए।

२०६४ सालको संविधान सभा निर्वाचनमा भने विष्ट पराजित भएका थिए। त्यसबेला उनी नेकपा माओवादीका चन्द्रबहादुर थापा (सागर)सँग पराजित भएका थिए।

प्रकाशित : बुधबार, मङि्सर ०७, २०७९१३:१४

आफ्नो मत ब्यक्त गर्नुहोस् :

एमालेको कोर एरियाको ब्यालेट खुल्दै, अन्तिम समयमा योगेशको कम्ब्याक !