आफ्नै साथीको पतिमाथि आँखा लगाएर घर भाँडे यी बलिउड अभिनेत्रीले, लागेको छ घर-भडुवाको ट्याग

एजेन्सी : प्रेमले न उमेर हेर्छ, न जात हेर्छ न रङ्ग नै हेर्छ। प्रेम जोसुकैसँग जतिबेला पनि हुन् सक्छ। प्रेमको चर्चा हुँदा अभिनयको दुनियाँ नसमेट्नु बिल्कुलै न्यायोचित हुँदैन्। आज हामी तपाईलाई केही यस्ता अभिनेत्रीहरुका बारेमा बताउँछौँ, जसले आफ्नै साथीको पतिमाथि आँखा लगाए र साथीबाट सौता बने। आज हामी तपाईलाई बलिउडका यस्तै अभिनेत्रीहरुका बारेमा विस्तृतमा बताउँछौँ।

स्मृति ईरानी

स्मृति इरानी भारतको मोदी सरकारमा मन्त्री छिन्। यसअघि उनी टिभी अभिनेत्री थिईन्। स्मृति ईरानीले सानो पर्दामा काम गरेर ठूलो नाम कमाएकी थिइन्। जब स्मृती इरानी अभिनयको क्षेत्रमा करियर बनाउन मुम्बई आइन्, तब उनको सहारा उनको साथी बनिन्।

स्मृतिकी साथीले व्यापारी जुबिन इरानीसँग विवाह गरेकी थिइन्। स्मृति त्यतिबेला आफ्नो साथीको घरमा बस्ने गर्दथिन् र यसैबीच उनको आँखा साथीका पतिमाथि गड्यो। स्मृतिले आफ्नो साथीको घर भाडिन् र साथीको पतिसँग घरजम गरिन्। स्मृतिले सन् २००१ मा विवाहित जुबिन इरानीसँग विवाह गरेकी थिइन्। अहिले यस दम्पतीका दुई सन्तान छन्।

अमृता अरोडा 

अमृता अरोडा बलिउड अभिनेत्री हुन् र उनी बलिउडकी चर्चित अभिनेत्री मलाइका अरोडाकी  बहिनी पनि हुन्। ४४ वर्षीया अमृता अरोराले व्यापारी शकील लद्दाकसँग विवाह गरेकी थिईन्। दुवैले सन् २००९ मा विवाह गरेका थिए। तर अमृतामाथि कसैको घर तोडेको आरोप पनि लागेको थियो ।

अमृतासँग विवाह गर्नुअघि शकीलले विवाह गरिसकेका थिए। अमृता भन्दा पहिले शकीलकी श्रीमती अमृताकी साथी निशा राणा थिइन्। तर जब शकीलको जीवनमा अमृताको प्रवेश भयो, तब शकील निशाबाट टाढा हुन् थाले।अमृतासँग विवाह गर्न शकीलले निशासँग सम्बन्ध विच्छेद गरे र अन्तत: अमृतासँग विवाह गरे। अमृता र शकील दुई सन्तान रायन र अजानका आमाबुवा हुन्।

सोनिया कपूर

सोनिया कपूर एक टिभी अभिनेत्री हुन् र उनी हिन्दी सिनेमाका प्रसिद्ध गायक तथा सङ्गीतकार हिमेश रेशमियाकी पत्नी हुन्। हिमेश रेशमियाले दुई पटक विवाह गरेका छन्। उनको पहिलो विवाह सन् १९९५ मा कोमलसँग भएको थियो। तर सन् २०१७ मा दुवैको सम्बन्धविच्छेद भयो। दुवैको २२ वर्ष पुरानो वैवाहिक सम्बन्धमा पूर्णविराम लागेको थियो।

हिमेश र कोमलको वैवाहिक सम्बन्ध टुट्नुको कारण सोनिया कपुर भएको मानिन्छ। कोमल र सोनिया एक अर्काका धेरै मिल्ने साथी थिए तर सोनियाले आफ्नो साथी कोमलको घर भाँडेर हिमेशसँग विवाह गरिन्। डिभोर्स अघि कोमल, सोनिया र हिमेशको भेट दिनहुँजसो हुन्थ्यो। यसैबीच हिमेश र सोनिया प्रेममा परे। त्यसपछि हिमेशले २०१७ मा कोमलसँग सम्बन्धविच्छेद गरे र २०१८ मा सोनियासँग विवाह गरे।

प्रकाशित : बुधबार, मङि्सर ०७, २०७९१२:४२

आफ्नो मत ब्यक्त गर्नुहोस् :

विवाहपछि पनि परिवर्तन भएन यी अभिनेत्रीको भेष, देखिइन् यस्तो पहिरनमा !