एजेन्सी- अहिले अभिनेत्री प्रियंका चोपडा मातृत्वको आनन्द लिइरहेकी छिन् । उनले आफ्नी छोरी मालतीसँग अहिले सामाजिक सञ्जालमा केही तस्बिर सार्वजनिक गरेकी छिन् । तर उनले अहिलेसम्म अनुहार भने देखाएका छैनन् । हालैको इन्स्टाग्राम पोस्टमा प्रियंका-निककी छोरीको आधा अनुहार देखिएको छ ।
प्रियंकाले हालसम्म सार्वजनिक गरेको तस्बिर हेरेर मानिसहरूले प्रियंकाको छोरीलाई निक जोनस जस्तो देखिएको बताएका छन् । अहिले मानिसहरु अभिनेत्रीको छोरीको पहिलो झलकको प्रतीक्षामा छन्। प्रियंका चोपडाले पनि अहिलेसम्म छोरीको अनुहार देखाएकी छैनन् ।
तर उनी बेलाबेलामा उनको झलक देखाउने गर्छिन् । प्रियंकाले इन्स्टाग्राम स्टोरीमा मालतीको तस्बिर पोस्ट गरेकी छिन् । यसमा उनी सुतिरहेका छन् र उनको नाक र ओठ देखिन्छन्।
केही दिनअघि प्रियंकाले एउटा तस्बिर सेयर गरेकी थिइन् । यसमा उनले मालतीलाई माया गरिरहेकी थिइन् । निक उनको छेउमा सुतिरहेको थियो। यो देखेपछि पनि मानिसहरूले मालतीलाई निक जोनसको बाल्यकाल तस्बिर जस्तो देखिएको बताएका थिए। प्रियंकाकी बहिनी परिणिती चोपडाले पनि मालतीको तारिफ गरेकी छिन् । उनले मालती संसारकै सुन्दर बच्ची भएको बताएकी छिन् ।