काठमाडौँ – नेकपा एमालेका नेता ईश्वर पोखरेल पराजित भएका छन्। मतगणना सुरु भएदेखि नै पछि परिरहेका पोखरेल पराजित भएका हुन्।
काठमाडौं क्षेत्र नम्बर ५ का उम्मेदवार रहेका पोखरेल नेपाली कांग्रेसका प्रदीप पौडेलसँग ५ हजार भन्दा बढी मतले पराजित हुन पुगेका छन्।
मतपरिणामअनुसार पौडेलले १४ हजार २ सय ३७ मत प्राप्त गर्दा पोखरेलले १० हजार १ सय ७२ मत प्राप्त गरेका छन्। दुई बीच ५ हजार ६५ मतको अन्तर छ।
सो क्षेत्रमा ४५ हजार ९ सय ८७ मत खसेको थियो। यससँगै प्रतिनिधिसभा सदस्य बन्ने पहिलो प्रयासमै पौडेल सफल भएका छन्। ०७४ मा उनी प्रदेशसभा सदस्यमा पराजित भएका थिए ।