काठमाडौँ – रुपन्देही क्षेत्र नम्बर २ मा नेकपा एमालेले पहिलो पटक शिर्ष स्थानमा उक्लिएको छ। मतगणना सुरु भएदेखि नै पछि परेको एमालेले सो क्षेत्रमा मंगलबार साँझ सम्म आइपुग्दा कम्ब्याक गरेको हो।
एमालेका विष्णु पौडेल राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार गणेश पौडेललाई पछि पार्दै शिर्ष स्थानमा उक्लिन सफल भएका छन्। उनले गणेश पौडेललाई १ सय ७८ मतले पछि पारेका छन्।
रास्वपाका गणेश पौडेलले ५१ सय ३६ मत प्राप्त गर्दा शिर्ष स्थानमा रहेका विष्णु पौडेलले ५३ सय ११ मत प्राप्त गरेका छन्। रास्वपाका पौडेलले सुरुवात देखि नै अग्रता बनाएर शिर्ष स्थानमा रहन सफल भएका थिए। राष्ट्रिय जनमुक्ति पार्टीका केशवबहादुर थापाले ४ हजार ११ मत ल्याएर तेस्रो स्थानमा रहेका छन्।
कैलाली १ मा रञ्जिता श्रेष्ठको अग्रता कायमै
कैलाली निर्वाचन क्षेत्र नम्बर १ मा नागरिक उन्मुक्ति पार्टीकी उम्मेदवार रञ्जिता श्रेष्ठले अग्रता कायम राखेकी छन् । हालसम्म भएको १८ हजार ३६५ मत गणना हुँदा रञ्जिताले ८ हजार २३६ मत प्राप्त गरेकी छन् ।
यस्तै, नेपाली कांग्रेसका उम्मेदवार रामजनम चौधरीले ५ हजार १८३ मतका साथ पछ्याइरहेका छन् । नेकपा एमालेका उम्मेदवार तपेन्द्र रावल १ हजार ८४७ मत प्राप्त गरेका छन् ।