काठमाडौं, कांग्रेसका महामन्त्री गगन थापाले काठमाडौं क्षेत्र नम्बर ४ का मतदातालाई धन्यवाद दिएका छन् । मंगलबार सामाजिक सञ्जालमार्फत थापाले आफूलाई विश्वास गरेर यस पटक पनि प्रतिनिधि सभा सदस्य पदमा विजयी गराएकोप्रति मतदातालाई धन्यवाद दिएका हुन् ।
‘फेरि एक पटक काठमाडौँ क्षेत्र नम्बर ४ का मतदाताहरूले मलाई विश्वास र स्नेह प्रकट गरेर प्रतिनिधि सभामा निर्वाचित गरिदिनुभएकोमा मेरो श्रद्धेय मतदाताहरूलाई कोटी कोटी नमन गर्न चाहन्छु। हजुरहरूप्रति म कृतज्ञ छु, आभारी छु र ऋणि छु।’, उनले भनेका छन् । थापा एमालेका राजन भट्टराईलाई पछि पार्दै भारी मतका साथ सांसद निर्वाचित भएका हुन् ।
सिन्धुपाल्चोक २ मा कांग्रेस र १ मा एमालेको अग्रता
सिन्धुपाल्चोक क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार सरेश नेपालले अग्रता कायम गरेका छन् । नेपालले ६ हजार चार सय ६६ मत ल्याउदा उनका प्रतिद्धन्द्धी लोकतान्त्रिक वाम गठबन्धनका उम्ममेदवार माधव सापकोटाले पाँच हजार पाँच सय ३६ मतले पछ्याइरहेका छन् । १५ हजार तीन सय ७४ मत गणना गर्दा सापकोटाभन्दा नेपाल नाै सय ३० मतले अगाडि छन् ।
क्षेत्र नम्बर १ (क) मा एमालेका उम्मेदवार युद्धविक्रम तामाङले अग्रता बनाएका छन् । उनले सात हजार तीन सय ४६ मत ल्याएका छन भने गठबन्धनका उम्मेदवार कांग्रेसकी मसिना खड्काले सात हजार तीन सय २८ मत छ । यी दुईबीचमा तामाङ १८ मतले अगाडि छिन् ।
यस्तै क्षेत्र न. २ मा कांग्रेसका उम्मेदवार मोहनबहादुर बस्नेतले अग्रता लिएका छन् । बस्नेतले पाँच हजार नाै सय ५४ मत ल्याउदा प्रतिद्धन्द्धी एमालेका उम्मेदवार शेरबहादुर तामाङले चार हजार तीन सय ८१ मत छ । बस्नेतभन्दा तामाङ एक हजार पाँच सय ७३ मतले पछाडि छन् । क्षेत्र नम्बर २ (क) मा गठबन्धन उम्मेदवार युवराज दुलालले अग्रता बनाएका छन् । दुलालकाे पाँच हजार नाै सय ६८ मत छ ।