लामिछाने भन्छन् – ‘सोचेको भन्दा धेरै भोट आयो, अब लिड गर्ने मेरो पालो’

काठमाडौँ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने प्रारम्भिक मतपरिणामलाई लिएर उत्साहित देखिएका छन्। चितवन क्षेत्र नम्बर २ मा अहिले सम्म प्राप्त भएको मतलाई लिएर लामिछाने उत्साहित देखिएका हुन्।

मंगलबार संचारकर्मीहरुसँग कुराकानी गर्नेक्रममा लामिछानेले इच्छाकामना गाउँपालिकाबाट आफूले अपेक्षा गरेको भन्दा राम्रो मत आएको दावी मात्र गरेनन्, आफूलाई आएको मत देखेर उत्साहित भएको पनि बताए। सो क्षेत्रबाट आफूलाई अपेक्षा गरिएभन्दा बढी मत आएको देखेर विपक्षी दलका नेताहरु नै अचम्मित देखिएको लामिछानेको भनाई छ।

“तर भोट हामीले सोचेभन्दा धेरै आयो, अन्तर सोचे भन्दा कम भयो। विपक्षी दलका नेताहरूले पनि सोचेभन्दा कम अन्तर आयो भन्नुभएको छ।”,कुराकानीका क्रममा लामिछानेले भने।

चितवन-२ को इच्छाकामना गाउँपालिकाको मतगणना सकिएको छ। मंगलबार दिउँसोबाट अन्य क्षेत्रको पनि मतगणना सुरु भइसकेको छ। अन्य क्षेत्रको मतगणना सुरु हुँदा आफ्नो मत बढ्दै जाने र लिड गर्नेमा लामिछाने ढुक्क रहेका छन्।

प्रकाशित : मङ्गलबार, मङि्सर ०६, २०७९१४:२६

आफ्नो मत ब्यक्त गर्नुहोस् :

आज काठमाडौँमा यो वर्षकै बढी चिसो