एजेन्सी : बलिउडमा यस्ता धेरै कलाकार छन् जसले आफ्नो समयका लगभग हरेक अभिनेत्रीसँग स्क्रिन सेयर गरेका छन्। त्यसैगरी, केही कलाकार यस्ता पनि छन्, जो केही समयपछि कुनै खास अभिनेत्रीसँग फिल्ममा आउन छाडे। भारतीय सञ्चारमाध्यमहरुका अनुसार यी कलाकारहरूले आफ्नी श्रीमतीको आपत्तिका कारण उनीहरूसँग काम गर्न छोडेका हुन्।
अमिताभ बच्चन : अमिताभ बच्चनले रेखासँग धेरै सुपरहिट फिल्म दिएका छन् । तर फिल्म सिलसिलापछि यो जोडी कुनै फिल्ममा देखिएनन्।दर्जनौं भारतीय सञ्चारमाध्यमहरुका अनुसार जया बच्चनको आपत्तिका कारण अमिताभले रेखासँग फिल्म गर्न छोडेको हुन्।
अक्षय कुमार: अक्षय कुमार र प्रियंका चोपडा पनि धेरै हिट फिल्महरूमा देखिएका छन्। तर फिल्म ऐतराजपछि दुवैले सँगै काम गरेनन्। यहाँ पनि ट्विंकल खन्नाको कारण बताईएको छ।
ऋतिक रोशन : फिल्म काइटका क्रममा हलिउड अभिनेत्री बारबरा मोरी र ऋतिकको निकटता बढेपछि सुजैन खानले आपत्ति जनाएको केही सञ्चारमाध्यमले बताएका थिए। सायद यही कारणले गर्दा दुवैलाई फेरि सँगै देखिएन।
रणवीर सिंह : दीपिका पादुकोण र कट्रिना कैफबीचको क्याट-फाइट जगजाहेर नै छ। दीपिकाका कारण रणवीर सिंहले कट्रिना कैफसँग कुनै पनि फिल्ममा काम नगर्ने बताइएको छ।
शाहरुख खान : कुनै समय शाहरुख खानको नाम प्रियंका चोपडासँग जोडिन्थ्यो। दुबै रिलेशनशिपमा रहेको हल्ला पनि व्यापक फैलिएको थियो। यद्यपि यसको कुनै ठोस प्रमाण छैन। केही मिडिया रिपोर्टमा गौरीको आपत्तिपछि शाहरुखले प्रियंकासँग फिल्म गर्न छोडेको बताइएको छ।